१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

नवलपुरमा ल्होछार कन्सर्ट हुदैं


२३ पुस २०७४, आइतबार  

0
Shares

नवलपुर । २८५४ औं सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित नवलपुरमा भव्य कन्सर्ट हुने भएको छ।

नवलपुर युनाइटेड क्लबको आयोजनामा माघ २२ गते कन्सर्ट हुन लागेको हो। कन्सर्टमा जितु लोप्चन, शशिकला मोक्तान, निर्मला घिसिङ, प्रयास दोङ, विशाल कल्तान, आशमान लोप्चन र साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।

तामाङ समूदायको संस्कृति संरक्षण र सम्वर्द्धनका लागि ल्होछार कन्सर्ट आयोजना गर्न लागिएको क्लबका अध्यक्ष चिन लामाले बताए।

प्रकाशित मिति : २३ पुस २०७४, आइतबार  ९ : ३२ बजे