३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

स्व. कुमार कान्छाको गीतमा भूवनको संगीत, यस्तो बन्यो म्युजिक भिडियो


२६ फाल्गुन २०७४, शनिबार  

0
Shares

काठमाडौं । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा रहेको गीत छाडीगए आमा तिमीलाई गीतको भिडियो सार्वजनिक भएको छ । स्वर्गीय गायक कुमार कान्छाको स्वर रहेको उक्त गीत गीतकार सन्देश सोङमेन राईको शव्द हो । गीतकार राईले दुर्घटनामा परेर ज्यान गुमाएका आफ्नो दाजुको स्मृतिमा उक्त्त गीत गीति एल्बम ‘समर्पित’ मा संग्रहित छन् ।

गीतकार राईका दाजु रघुबीर सोङमेनको ११ वर्षअघि झापामा दुर्घनामा परी निधन भएको थियो। उनैलाई समर्पित गर्दै बजारमा ल्याइएको एल्बममा संग्रहित ‘छाडीगएँ आमा तिमीलाई’ बोलको मुख्य गीत अब दर्शकले दृश्यमा पनि हेर्न सकिनेछ ।

परि सिने संगीत प्रालिले बजारमा ल्याएको उक्त्त भिडियो प्रालिका अध्यक्ष भसवनसुप्तीहाङ राईले अमेरिकाबाटै सार्वजिनक गरेका हुन् । राई पछल्लो समय सांगितिक कामको शिलशिलामा अमेरिकामा छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार  १० : १० बजे