न्युयोर्क । गैर आवासीया नेपाली संघ एनआरएन अमेरिकाले प्रधानमन्त्री केपी शर्मा ओलिलाई न्युयोर्कमा भेट गरी विदेशमा बस्ने सम्पुर्ण नेपालीको साझा मागलाई सुनिश्चित गर्न आग्रह गरेका छन् । एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलको नेतृत्वमा प्रधानमन्त्री ओलीसँग भएको भेटमा एनआरएन आइसिसिका उपसंयोजक डिआरसि नवीन शेरचन, एनआरएनका निर्वतमान अध्यक्ष तथा कानुन व्यवसायी खगेन्द्र क्षेत्री, पूर्व अध्यक्ष शिवकुमार राई र सल्लाहकार डा रुद्र आर्यालको उपस्थिति थियो । उक्त अवसरमा एनआरएन आइसिसिले केही महिना अघि क्यालिफोर्नियामा सम्पन्न विज्ञ भेलामार्फत बनेको वाइटपेपर उक्त भेलाका संयोजक डा रुद्र आर्यालले प्रधानमन्त्री ओलीलाई बुझाएका थिए । एनआरएनका अध्यक्ष डा पौडेलले संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।
विश्वभरि रहेका गैरआवासीया नेपालीहरुको मायाले नेपालको संविधानमा राखिएको गैरआवासीया नेपालीको प्रावधानलाई कानुनमा राखेर कार्यन्वनका लागि यही अधिवेशनमा पास गर्न एनआरएन अध्यक्ष डा पौडेलले अनुरोध गरेका थिए । गैरआवासीया नेपालीको लागि सहयोग गर्ने सबैलाई अध्यक्ष पौडेलले धन्यवाद दिए ।
नेपालमा लगानी बढाउन दोहोरो कर, उद्योग धन्दा खोल्नका लागि हुदै आएको झन्झट खुकुलो गर्न र नेपाली नागरिकता निरन्तरताको प्रत्युभुति गराउन डा पौडलले प्रधानमन्त्री समक्ष माग गरेका थिए । त्यस्तै एनआरएन आइसिसिका सदस्य बन्दना कोइरालाले नेपालमा महिला हिंसा र दैनिक जसो बलात्कार बढ्दै जान थाले पनि सरकारले ध्यान दिन नसकेको भनी महिलाहरु समुहको तर्फबाट ज्ञापन पत्र बुझाइन् । एनआरएनको महासचिव विआर लामाले कार्यक्रम सञ्चालन गरेका थिए । एनआरएनसँगको भेटको अवसरमा प्रधानमन्त्री ओलीले करिब एक घण्टा मन्तव्य दिएका थिए । मन्तव्यको क्रममा ओलीले एनआरएनको मागप्रति आफु पुरै सकारत्माक रहेको बताएका थिए ।