१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

समृद्धि फाउन्डेसको अन्तर्क्रिया : व्यवसायी बन्न विज्ञले दिए सुझाव


४ मंसिर २०७५, मंगलबार  

0
Shares

ललितपुर। समृद्धि फाउन्डेसनले नेपालमा छरिएर रहेको सम्पूर्ण उद्योग व्यवसायीलाई एकै ठाउमा भेला गरी आ-आफ्नो विचार, सल्लाह  सुझाव एकअर्कामा आदानप्रदान गर्ने कार्यक्रमको आयोजना गरेको छ ।

अबको पालो समृद्धिको भन्ने मुल उद्देश्यकासाथ स्थापना भएको फाउन्डेसनले मंगलवार ललितपुरको पुल्चोकस्थित होटल हिमालयमा कार्यक्रम आयोजना गरेको हो ।

उद्योग व्यवसायीलाई एकता बनाउने लक्ष्य राखी २००९ मा स्थापना भएको समृद्धि फाउन्डसनले उद्यमीहरुविच अन्तरकृया कार्यक्रम प्रत्येक बर्ष गर्दै आएको उक्त कार्यक्रममा जानकारी गराए ।

कार्यक्रममा किङ कलेजका उद्यमी प्रशिक्षक नरोत्तम अर्याल, उद्योग मन्त्रालयाका ओमप्रकाश अर्याल, उद्यमी लक्ष्मी शर्मा, सुमन शाक्य, बिशाल ढकाललगायत अन्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रशिक्षक अर्यालले नेपालमा उद्योग जीविकापार्जन गर्ने खालको रुपमा मात्र स्थापित भएको धारणा राखे । ‘कुनै नयाँ कुराको आविस्कार गर्न सकिरहेको छैन,’ उनले थपे, ‘खाली विकसित मुलुकहरुको पछाडि लागेका छन् नेपाली उद्योग व्यावसायी ।’

‘सरकारको एजेन्डामा उद्यमीहरुको लागि हजारौ नीति तयार भएता पनि कार्यन्वयन नहुने, फ्रिज भएर जाने गरेको छ।’ त्यसलाई सरकारी प्रशासनले अलि बिचार पुर्‍याए नेपालको उद्योग केही मात्रमा फस्टाउने थियो,’ उद्यमी लक्ष्मी शर्माले बताइन् ।

उनले उद्यमी बन्न डिग्री नै गर्नु पर्छ भन्ने नभएको उल्लेख गर्दै आफ्नो सोच, बिचार अनि चाहनाको भोका भएमा एक असल उद्यमी बन्न सकिने धारणा राखिन् । पैसा हातमा छ भन्दैमा कुनै व्यावसायमा हत्तारमा लगानी नगर्न सुझाव दिँदै उनले थपिन्, ‘समुद्रको गहिराई पानीजहाजमा बसेर थाहा पाइदैन, गहिराई थाहा पाउन डुबुल्की मार्नु पर्छ ।’

उद्यी सुमन शाक्यले ‘आफुलाई भए पुग्छ, अरुलाई किन बदल्ने’ भन्ने बिचार मात्रै नेपालको उद्यमीहरुले बदल्ने हो भने स्वत सिंगो देश बदल्न समय नलाग्ने बताए ।

उद्योग मन्त्रालयका महतोले उद्योग सुरुवात गर्न कसैलाई कतै पनि प्रतिकुल वातावरण नहुने उल्लेख गर्दै सुरुवात आफैबाट गर्नुपर्ने बताए।

उनले भने, ‘उद्योग मन्त्रालयमा स्वदेशी वस्तुलाइ नै प्राथमिकता दिनु पर्ने परियोजनाहरु चाँडै लागु हुने बताउदै उद्योग कम्पनी दर्ता पनि अनलाइनबाटै गर्न सकिने परियोजनासमेत लागु हुन लागेको छ।’

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार  ८ : ११ बजे