६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

पर्यटन मन्त्री बाेल्दाबोल्दै अस्लिल भिडियो प्ले हुन थालेपछि….



काठमाडौं । सोमबार दिउँसो एक बजे नेपाल पर्यटन बोर्डले ‘कोभिड–१९ अपरेसनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर’ काे भर्चुअल रुपमा सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो । प्रमुख अतिथि पर्यटन मन्त्री योगेश भट्टराई थिए ।

कार्यक्रममकी सञ्चालिका बाेर्डकै बरिष्ठ निर्देशक नन्दिनी थापा थिइन् । सुरुदेखि नै केही डिस्टर्वेन्स भइरहेको थियो । बोर्डका िसइओ धनन्जय रेग्मी, पर्यटक व्यवसायी कर्ण शाक्य, बोर्डकै सदस्य दीपक महत र पर्यटन सचिव केदार अधिकारीले बाेलिसकेका थिए ।

पालाे अायो पर्यटन मन्त्री भट्टराईको । उनले कोभिडले नेपालकाे पर्यटन क्षेत्रका पारेकाे प्रभावका बारे कुरा गर्दै थिए । उनले करीब दुई मिनेट बोलेका िथए । एक्कासी जुम िमटिङमा म्युिजक बज्न थाल्यो । साथै अश्लिल भिडियो प्ले हुन थाल्यो ।

केही समय सबै जना असमन्जस्यमा पर्यो । अनि तत्काल उक्त िमटिङलाई अन्त्य गरियो ।अश्लील भिडियो हरिश नामको सहभागीले ह्याक गरेर सेयर गरेको बताइएको छ ।

नेपाल पर्यटन बोर्डले पछि एक विज्ञप्ति जारी गरेर यस सम्बन्धमा सबैप्रति क्षमा मागेको छ भने छानविनका लागि आवश्यक कारवाही अघि बढाइएको पनि जनाएको छ ।

भर्चुअल मिटिङस्थल जुमको बिश्वासनियतामा प्रश्न उठिरहेको बेला यस प्रकारकाे वेव सुरक्षा कमजाेरी देखिएको हो । यसअघि पनि केही जुम मिटिङमा यस्तै प्रकारकाे अनावश्यक हस्ताक्षेप भएको चर्चा हुने गरेको थियो ।

नेपाल पर्यटन बोर्डको प्रेस बिज्ञप्ती
२०७६ असार ८ गते

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रहरुका लागि ब्यवसाय सञ्चालन कार्यविधि “Operational Guideline with Health Protocol for Tourism Sector” को लोकापर्ण गर्न आयोजना भएको Zoom भर्चुअल बैठक भइरहेको समयमा ह्याक भई असमान्य परिस्थिति सिर्जना भएको र कार्यक्रम बीच मै अन्त्य गर्नुपर्ने अवस्था आएको हुँदा यसबाट सिर्जित परिस्थितिका लागि बोर्ड सम्बन्धित सबैमा क्षमा प्रार्थी छ । यस विषयमा नेपाल पर्यटन बोर्डले छानबिनका लागि आवश्यक कारबाही अगाडि बढाइसकेको जानकारी गराउन चाहन्छौं ।

 

मन्त्रालयका अनुसार घटनाबारे छानबिन गर्न एउटा समिति गठन गरिएको छ । बोर्डले पनि यो घटनाको छानबिन गर्न साइबर अपराध हेर्ने नेपाल प्रहरीको सेलमा जाहेरी दिने जनाएको छ ।

बोर्डका सीईओ रेग्मीले यो नियोजित भएको बताए । उनले पछिल्लोपटक बोर्डले दर्जनौं बैठक जूमबाट गरेको जनाउँदै सोमबारको बैठकमा सुरुदेखि नै ह्याकरले बीचबीचमा समस्या सिर्जना गरिरहेको बताए । घटनाबारे बोर्डले क्षमायाचना गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ४ : ५३ बजे