‘माकुरी माया’ सार्वजनिक

२०७७ भाद्र २४, बुधबार १२:५१

गायिका कुसुम गुरुङ र गायक भविन ढुंगानाको स्वर रहेको ‘माकुरी माया’ बोलको गीत सार्वजनिक भएको छ । पूर्वेली लोक भाकामा रेकर्ड भएको उक्त गीतमा पारस मुकारुङको सँगीत र शब्द कवि उपेन्द्र सुब्बाको रहेको छ ।

कुसुम गुरुङको अफिसियल युट्युब च्यानलबाट हालै सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियोको कोरियोग्राफ तथा निर्देशन आशिष राईले गरेका छन् । भिडियोमा इमेज लोकस्टारबाट आएका निकेश राई र मोडल बिमला खजुमले अभिनय गरेका छन् ।

‘केेेही साल अघि नै रचना गरेको गीत रेकर्ड भएर आएकोमा खुशी छु । मैले त झण्डै बिर्सिएको पो रहेछु ।’ गीतकार सुब्बाले भने । गीतको स्वर र भिडियो दुवैमा न्याय पाएको उनले बताए । गायिका कुसुम गुरुङले अग्रज एवं अब्बल गीतकारको ठेट शब्दलाई सक्दो न्याय गरिएको बताइन् ।

सम्बन्धित समाचार