४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

यस्तो रह्यो तीन सातापछिको उपत्यका



काठमाडौं काठमाडौँ उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको कोभिड१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघिजारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि आजदेखि यहाँको बजार, कलकारखाना, उद्योग तथा व्यवसाय चलायमानहुन थालेका हुन्

सवारीसाधन जोरबिजोर प्रणालीअनुसार सञ्चालनमा आएको सङ्क्रमण रोक्न गएको चैत ११ गते सरकारले जारी गरेकोबन्दाबन्दीपछि चार महिना मुलुकको आर्थिक क्षेत्र ठप्प हुन पुगेको थियो साउन गतेबाट बन्दाबन्दी हटाइएपछि कोभिड१९ कोसङ्क्रमण एक्कासि बढ्दा पुनः मुलुकका विभिन्न जिल्लाले स्थानीय प्रशासन ऐन, २०२८ सङ्क्रामक रोग ऐन, २०२० को अधिकारप्रयोग गरेर निषेधको आदेश जारी गरेको थिए कतिपय जिल्लाले अझै निषेधको आदेश कायमै राखेका छन् भने कतिपय जिल्लालेखुकुलो बनाउँदै लगेका छन्

निषेधाज्ञा जारी गरिएपछि पनि आशातीत रूपमा सङ्क्रमण दरमा कमी आउन नसकेको तथ्याङकले देखाएको त्यसैले पनि स्थानीयप्रशासनले आदेशमा केही होलो गर्दै स्थानी समुदायलाई आफैँ सतर्क बन्न अनुरोध गरेको

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनजीवन प्रभावित भएकाले आदेशमा केही हेरफेर गरी खुकुलो बनाइएको आर्थिक क्षेत्रलाई सहजीकरण गरिएको बताए अब आफैँ सचेत हुनुको विकल्प छैन”, प्रजिअ दाहालले भने, “स्वास्थ्य मापदण्ड पूर्णपालना गरेर सावधानी अपनाउने हो भने सङ्क्रमण रोक्न सकिन्छ

काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आजदेखि लागू हुने गरी केहीहेरफेर गरेर नयाँ आदेश जारी गरेको हो उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर भक्तपुर) मा उक्त आदेश जारी भएपछिव्यापार, व्यवसाय तोकिएको समयमा खुल्न थालेका छन् मानिस यातायातका साधनको चहलपहल ह्वात्तै बढेको

निषेधाज्ञा जारी भएपछि भदौ गतेबाट यहाँको व्यवसाय ठप्प भएको थियो भने अत्यावश्यक बाहेकको आवागमनमा समेत रोकलगाइएको थियो आजदेखि भने बढी जमघट हुने क्षेत्रबाहेकका गतिविधि सञ्चालनमा सहजीकरण गरिएको भदौ ३१ गते राति १२बजेसम्मका लागि लागू गरिएको आदेशपछि भने मजदुरहरु समेत खुसी भएका छन् काठमाडौँको रत्नपार्कमा भेटिएका किसन नेपालीअब भने कतै कतै मजदुरी गर्न पाइने आशा पलाएको बताउनुहुन्छ

आदेशानुशार यसपालि १६ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारी साधन, भाडाका ट्याक्सी निजी सवारीसाधनजोरबिजोर प्रणालीअनुसार  सञ्चालन गर्न पाइने औषधि पानीजन्य व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने, खाद्यवस्तु, दूध, तरकारी फलफूल, माछामासुको व्यवसाय बिहान ११ बजेसम्म साँझ बजेदेखि बजेसम्म सञ्चालन गर्न पाउने नयाँ व्यवस्थागरिएको विकास निर्माणसम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन मध्याह्न १२बजेदेखि साँझ सात बजेसम्म तथा सहकारी संस्थाहरु ११ बजेदेखि बजेसम्म सञ्चालन गर्नुपर्ने

सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसल सोमबार, बुधबार शनिबार मात्रै खोल्न पाइनेछभने भाँडा, भान्साजन्य सोही प्रकृतिका अन्य पसल आइतबार, मङ्गलबार शुक्रबार तथा फर्निचर अटोमोबाइलसम्बन्धी पसलसोमबार बुधबार मात्रै सञ्चालन हुनेछ

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी, इलेट्रिकल्स, इलेक्ट्रोनिक्स, डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म बेलुका देखि बजेसम्मखोल्न सकिनेछ सवारी साधन सम्बन्धीवर्कशप बिहान देखि राति बजेसम्म सञ्चालन हुनेछन् टेकअवे सेवा तथा होमडेलिभरीसेवा भने दिउँसो १२ बजेदेखि साँझ बजेसम्म सञ्चालन गर्न पाइनेछ उद्योग कलकारखाना सञ्चालन गर्दा कामदार कर्मचारीलाईआयोजनास्थलमै बस्ने, खाने व्यवस्था मिलाउन भनिएको

खुला स्थानमा भीडभाड, सभा जुलुस गर्न गराउन, जात्रा, मेला, महोत्सव, भोजभतेर सञ्चालन गर्न, धार्मिक क्षेत्रमा दैनिक नित्यपूजाबाहेकका गतिविधि, बढी भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न भने निषेध गरिएको

यस्तै चाडपर्वलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, ब्यूटीपार्लर, सैलुन, स्पा, स्विमिङ पुल जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय चिडियाखानातथा सङ्ग्रहालय सञ्चालनमा पनि रोक लगाइएको

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ७ : २६ बजे