पूटिनद्वारा अमेरिकासँग घनिष्ट सम्बन्धका लागि आग्रह
२०७७ आश्विन ९, शुक्रबार २२:०१

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले शुक्रबार अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका लागि आग्रहगरेका छन् । उनले रूस र अमेरिका दुबैले निर्वाचनमा पारस्परिक अहस्तक्षेपकारी भूमिकाका लागि समेत आग्रह गरेका छन् ।
रूसी प्रशासन केन्द्र, क्रेमलिनका अनुसार पूटिनले देशहरुलाई “एक अर्काको आन्तरिक मामिलामा निर्वाचन लगायत सूचना र सञ्चारप्रविधिको प्रयोगसहित गैर–हस्तक्षेपको ग्यारेन्टी आदानप्रदान गर्न र यस क्षेत्रका सम्बन्धहरुलाई पुनः स्थापित गर्न आग्रह गरे ।
उनले द्वन्द्वमा ‘पहिलो प्रहार’ को व्यवहार नदेखाउन वा त्यस् विधिहरू प्रयोग नगर्न पनि विश्वव्यापी सम्झौताको आवश्यकतामाथि जोडदिए ।
संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा चलिरहेका समय विश्वको ध्यान केन्द्रित गर्दै रूसी राष्ट्रपतिको यो धारणा आएको हो । सन् २०१६को निर्वाचनमा हस्तक्षेपको आरोप रूसमाथि लागेको र अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि दिन नजिकिँदै जाँदा अमेरिकीनिर्वाचनमा रूसले कुनै हस्तक्षेप नरहने विश्वास दिलाउने प्रयास राष्ट्रपति पूटिनले गरे ।