गगन थापासहित कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना, बैठक अनिश्चित
२०७७ आश्विन १८, आईतवार ०७:४२

काठमाडौं । गगन थापासहित नेपाली कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।
१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो ।त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मुद्दाबारे छलफल गर्न शनिबार पार्टी कार्यालयमा बैठक बसिरहेका बेला पीसीआरटेष्टको रिपोर्ट आएको थियो ।
केन्द्रीय सदस्यहरु थापा, अर्जुननरसिंह केसी, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको छ । अरु २ जना कर्मचारी भएकोकांग्रेस कार्यालय स्रोतले बताएको छ ।