२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा साहित्यिक एवम् सांस्कृतिक कार्यक्रम आयोजना



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको आयोजना, गोरखा नगरपालिकाको प्रायोजन र अनेसास सदस्य शान्ता बस्नेतको संयोजनमा एक भव्य साहित्यिक एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त प्रमुख अतिथी, विशिष्ट अतिथिमा बिओटिका अध्यक्ष गीता खत्री नगरपालिकाका उपप्रमुख बिणा श्रेष्ठ, अतिथिमा अनेसास केन्द्रका सचिव बिमला निरौला, केन्द्रीय सदस्य डा। रेणुका सोलु, समालोचक लिला लुइँटेल थिए भने नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसी, गीता कार्की, गीता मैनाली,बरिष्ठ पत्रकार जयदेव भट्टराई, कवि एवम् सञ्चारकर्मी मणि लोहनी, अनेसास सदस्य हरिबोल ढकाल, सदस्य सुष्मा अंशु , राष्ट्रिय कलाकार द्वय देवु वरा एवम् लक्ष्मी तिवारी , सञ्चारकर्मी एलिसा ढुङ्गानालगायत गोरखाका स्थापित साहित्यकर्मीहरू नारायण प्रसाद पोख्रेल, सुरेन्द्र देवकोटा, विजयभक्त उपाध्याय, प्रदिप रोदन, यदु अधिकारी, उदय भट्टको बेजोड उपस्थिती रहेको थियो ।

कार्यक्रम सञ्चालन अनेसास नेपाल च्याप्टरका सदस्य मधु पाठकले गरेका थिए ।

कार्यक्रममा कविता वाचन, शुभकामना मन्तव्य , संस्थाका गतिविधिका बारेमा जानकारी, साहित्यले पर्यटनलाई पार्ने सकारात्मक प्रभाव, पर्यटनले आर्थिक संवृद्विमा पुर्याउने बलियो टेवाका बारेमा चर्चा परिचर्चा भएको थियो । साहित्यको गरिमालाई मनन गर्दै अबको पालिकाको कार्यक्रमभित्र साहित्यलाई सङ्गै जोडेर लाने समेत नगरपालिका प्रमुख एवम् उपप्रमुख दुवैले प्रतिवद्वता जनाए । राष्ट्रिय कलाकार देवु वरा र लक्ष्मी तिवारीले बेजोड साँस्कृतिक प्रस्तुती रहेको थियो ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ४ : १५ बजे