पुरातात्विक बस्तुहरु नेपाल फर्काइयो, दोलखाली खुशी
करिब तीन दशक अघि चोरेर अमेरिका पुर्याइएका सोह्रौं र सत्रौं शताब्दीका मूर्तिहरू (दुई सुनौलो भैरवको मुखौटा र दुई ढुङ्गाका मूर्तिहरू) काठमाडौं आइ पुगेका छन् ।
न्यूयोर्कस्थित नेवा गुठीको सहयोगमा नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले ती मुर्तीहरु नेपाल पठाउन सफल भएका हुन् । भैरवको दुई मुखौटा दोलखाका प्रधानहरुको कुल देवताको थानबाट हराएकोले त्यसलाई फिर्ता लैजाने तयारी भइरहेको छ । हराएको पुरतात्विक बस्तु फिर्ता हुने भएपछि दोलखाली खुशी भएका छन् ।
दूतावासका अनुसार दुई खेप गरी ती मुर्तीहरु नेपाल ल्याइ पुर्याइएको हो । त्यसको पछिल्लो खे जनवरी २८ तारिखमा नेपाल आइपुगेर पुरातत्व विभागले उक्त मुर्तीहरु बुझेको हो । मुर्तीहरु नेपाल ल्याउने क्रममा नेवा गुठी न्यूयोर्कका दुई बरिष्ठ पदािधकारीहरुसँगै आउका थिए ।
करिब तीन दशकअघि नेपालमा चोरी भएका यी कलाकृतिहरू म्यानह्याटन जिल्ला न्यायाधिवक्ताको कार्यालय न्युयोर्क र अमेरिकाको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन न्यूयोर्कको सहयोगमा बरामद गरी गत डिसेम्बरमा महावाणिज्य दूतावासलाई हस्तान्तरण गरिएको थियो ।
महावाणिज्य दूतावासले यी पुरातात्विक बस्तुहरु प्राप्ता गरेपछि परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गरेको छ; संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागसंग समन्वा गरेको र अमेरिकामा रहेका सामुदायिक संस्थाहरू र अन्य सरोकारवालाहरूलाई यी पुरातात्विक वस्तुहरू नेपाल ढुवानी गर्न सहयोग गर्न आमन्त्रित गरेको जनाएको छ ।
नेवा गुठी न्यूयोर्कले उक्त सामाग्री ढुवानीको खर्च र िबमाको प्रायोजन गरेको थियो । गुठी न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने नेवारी मूलका नेपाली-अमेरिकीहरूको सामुदायिक संस्था हो ।