३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

कांग्रेसको अवरोधपछि आइतबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित



सहकारी ठगीमा संलग्न व्यक्ति रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीबाट जवाफ मागिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । लामिछानेबिरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सहककारी ठगीमा छानविन गरिरहेको छ ।

शुक्रबार निर्धारित समयमा बसेको बैठकमा कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । तर पुन: सुचारु भएको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूची अघि बढाउन खोज्दा कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक आइतबारका लागि स्थगित गरे ।

कांग्रेस सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई मन्त्री बनाएका विषयमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

शुक्रबारको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको थियो । कांग्रेसले बजेटका सिद्धान्त र प्राथमिकताहरूमाथि छलफल गर्नका लागि तयार रहेको तर विवादित मन्त्रीकोबारेमा प्रधानमन्त्रीले जवाफ नदिइकन अरु विषयमा सदन अघि बढ्न नसक्ने अडान लिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ६ : ०४ बजे