त्रिभुवन विश्वविद्यायले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत ५ गते हुने भएको छ । सोही अनुसार कार्यतालिका सार्वजनिक गरिएको छ ।
सार्वजनिक तालिकाअनुसार यही फागुन १९ गते संघ तथा संगठन दर्ता गर्नुपर्नेछ । त्यस्तै फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यतालिका छन् । त्यस्तै मतदाताको सूची फागुन २१ गते बिहान १० बजे सार्वजनिक हुनेछ भने मतदाताको सूचीमाथि दाबी विरोध फागुन २५ गते दिउँसो १ बजेसम्म गर्न पाइनेछ ।
मतदाताको अन्तिम नामावली फागुन २५ गते साँझ ५ बजे प्रकाशित हुने छ भने त्यसैको आधारमा चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
यस्ताे छ कार्यतालिका:










