काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र विवादस्पद मेडिकल व्यवसायी दुर्ग प्रसाईसहितलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक म्याद थपका लागि मंगलबार अदालत लगिएको थियो । राजावादीले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।
मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । त्यही आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।
उक्त दिन आन्दोलनकारीले गरेको आगजनीमा परेर एक जना पत्रकार र प्रहरीको गोलीबाट एक जना मारिएका थिए भने आगजनीमा करोडौंको क्षती भएको थियो ।
घट्ना पछि फरार रहेका प्रसाई भारतीय प्रहरीले भारतमा पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको थियो ।