२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

पक्राउ परेका राजावादी प्रदर्शनकारी छुटे



निषेधित क्षेत्र तोडेको आरोपमा पक्राउ परेका राजावादी प्रदर्शनकारी राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत सात जना छुटेका छन् । एक जनालाई भने थुनामै राखिएको छ ।

पक्राउ परेर छुट्नेमा राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपाका सांसद दीपक सिंहलगायत छन् । सांसद सिंहलाई भने थापालाई भेट्न गएको बेला काठमाडौं प्रहरी परिसरमै पक्राउ गरिएको बताइएको छ । रिह हुनेमा थापा र सिंहका साथै शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिनालाई प्रहरीले जिम्मा जमानीमा छाडेको हो ।

सिंहबाहेक थापासहित ७ जनालाई काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका थिए । परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार १ जनाबाहेक ७ जनालाई रिहा गरिएको हो । रक्सी खाएर प्रहरीमाथि नै दुर्व्यवहार गर्ने एक जना डा राजीव झा भने थुनामै छन् । पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा उनले रक्सी खाएको पुष्टि भएको बताइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ९ : ३४ बजे