९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

रवीन्द्र मिश्रलाई पनि तीन लाख धरौटीमा रिहा गर्न आदेश



तीनकुनेमा राजावादीले मच्चाएको हिंसाका एक आरोपी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पनि काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

यसअघि सोमबार राप्रपाकैमहामन्त्री धवल शमशेर राणालाई पनि जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी मागेको थियो ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो । गत चैत १५ गते राजावादीले काठमाडौंमा गरेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने करोडौंको सरकारी तथा निजी सम्पतिमा तोडफोड, आगजनी र लुटपाट भएको थियो।

उक्त घट्नाका अभियुक्ता दुर्गा प्रसाईलगायत ७ जनालाई भने जिल्ला अदालतले सोमबार नै थुनामा पठाउको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : ५२ बजे