२१ आश्विन २०८२, मंगलबार | Wed Oct 8 2025

नर्थक्यारोलिना आरटिपि दशैकपको उपाधी तमोर एफसिलाई



नर्थक्यारोलिनाको आरटिपिमा आयोजित यस वर्षको आरटिपि दशै कपको उपाधि तमोर एफसिले हात पारेका छन । तमोरएफसि र त्रिसुली एफसि वीच भएको फाइनलमा दुबैले २, २ गोल गरेर अन्तिमसम्म बराबारीमा टुङिगएको थियो । ९० मिनेटको खेल पुरा भएर रेफ्रीले थप २० मिनेट थपेर पनि बराबारी भएपछि पेनल्टिमा बढि गोल गरेको संख्याको आधारमा तमोर एफसि विजेता घोषणा गरिएको थियो । मोहन सापकोटा क्याप्टेन रहेको तमोर र जीवन न्यौपाने क्याप्टेन रहेको त्रिसुली एफसि वीच फाइनल भएको थियो ।

दशै कप बिजेतालाई एपेक्स टाउन काउन्सील मेम्बर अर्नो जेगरम्यानले तमोर एफसिको क्याप्टेन मोहन सापकोटालाई ट्रफी र विजेता खेलाडीहरुलाई पदक वितरण गरेका थिए । त्यस्तै खेलमा उत्कृष्ठ खेलाडीहरु यज्ञ रिजाल र अन्जल कार्कीलाई नगद २ सय ५० डलर प्रदान गरेका थिए ।

आयोजक कमिटिका सदस्य विकास सापकोटाले सञ्चालन गरेका कार्यक्रममा एनसिएनसिका अध्यक्ष डा विकास शाक्यले नेपाली समुदायमा मित्रता र सदभाव बडाउन लक्ष्य अनुरुप आयोजित दशै कपले नेपालीको पहिचान दिदै आएको बताएका थिए । यस बर्षको दशै कपमा १ सय ६० जना सम्मिलित ८ समुहले भाग लिएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ५ : २० बजे