काठमाडौं — प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिहरूको सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ। सभामुख डोलप्रसाद अर्याल ले शुक्रबारको बैठकमा निर्वाचनको मिति र समय तोकेका हुन्।
प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम सभामुख अर्यालले वैशाख ४ गते शुक्रबार दिनको १ बजे निर्वाचन हुने जानकारी गराएका छन्। उनले बैठकमा भने, “प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिको निर्वाचनको लागि २०८३ साल वैशाख ४ गते शुक्रबार दिनको १ बजेको समय तोकिएको व्यहोरा जानकारी गराउँछु।”
यस निर्वाचनसँगै प्रतिनिधि सभाका सबै विषयगत समितिहरूले पूर्णता पाउने अपेक्षा गरिएको छ।








