१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

बलात्कारीले भरिदै जेल, थपिँदै छन् वृद्धा पनि


१८ आश्विन २०७५, बिहिबार  

0
Shares

‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि १३ वर्षीया नातिनी बलात्कार काण्डमा आरोपी सब्जीबाजे कारागार चलान भए।

नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरु राख्न लाई छुट्टै टहरा बनाइएको छ।

७८ वर्षका सब्जीबाजे कारागारको टहरामा पुग्दा ८० काटेका काल्चे दमाई र ७५ काटेका नैने दमाई त्यही थिए।

यी दुईबीचमा आफूजस्तै कपाल फूलेका साथी सब्जीबाजे थपिए। काल्चे र नैने पनि ‘बलात्कार’ काण्डमा कारागार पुगेका थिए। काल्चेले तीन वर्षअघि छिमेकी बालिकालाई घरमै बोलाएर जबरजस्ती गरेका थिए। आमा काम विशेषले छिमेकीको घरमा गएको बेलामा काल्चेले बालिकालाई जबरजस्ती गरेका थिए।नेपाल समाचारपत्र मा  खबर छ ।

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहिबार  ८ : १३ बजे