११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

त्रिविको स्ववियू निर्वाचन चैत ५ मा, कार्यतालिका सार्वजनिक



 

त्रिभुवन विश्वविद्यायले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत ५ गते हुने भएको छ ।  सोही अनुसार कार्यतालिका सार्वजनिक गरिएको छ । 

सार्वजनिक तालिकाअनुसार यही फागुन १९ गते संघ तथा संगठन दर्ता गर्नुपर्नेछ । त्यस्तै फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यतालिका छन् ।  त्यस्तै मतदाताको सूची फागुन २१ गते बिहान १० बजे सार्वजनिक हुनेछ भने मतदाताको सूचीमाथि दाबी विरोध फागुन २५ गते दिउँसो १ बजेसम्म गर्न पाइनेछ ।  

मतदाताको अन्तिम नामावली फागुन २५ गते साँझ  ५ बजे प्रकाशित हुने छ भने त्यसैको आधारमा चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।

यस्ताे छ कार्यतालिका: 

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : १३ बजे