११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

लस भेगसमा गोलीकाण्डः ५० को मृत्यु, २ सय घाइते


१६ आश्विन २०७४, सोमबार  

0
Shares

भ्वाइस अफ अमेरिका । लस भेगसमा आयोजित म्युजिक फेस्टिभलमा भएको गोलीकाण्डमा परी मर्नेको संख्या ५० पुगेको छ भने उक्त घटनामा २ सय भन्दा धेरै घाइते भएका छन्।

प्रहरीले गोली चलाउने व्यक्ति ६४ वर्षीय स्टेफन पोड्डक रहेको जनाएको छ। बन्दुकधारी स्थानीय हुन्। उनले होटल मान्डल्यको रुमबाट मानिस ताक्दै गोली चलाएका हुन्।

प्रहरीले पोड्डकलाई होटलमा नै गोली हानी मारेको जनाएको छ। नरसंहारका लागि उनले धेरै हतियार होटलमा नै राखेका थिए।
सुरक्षाकर्मीहरुले उनी बसेको घरसमेत छापा मारेको छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७४, सोमबार  ५ : ०० बजे