प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा पुनः मनोनीत भएका छन्।
बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको हो। बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव प्रस्तुत गरेका थिए।
सभापति लामिछानेको प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
शाह यसअघि पनि रास्वपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहेका थिए। पुनः वरिष्ठ नेतामा मनोनयनसँगै पार्टीको संगठनात्मक तथा नीतिगत निर्णय प्रक्रियामा उनको भूमिका थप सशक्त हुने अपेक्षा गरिएको छ।








