२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

नर्थक्यारोलिना आरटीपी दशैं कप विजेता बने दुर्गाएफसि




हिन्दुधर्मवलाम्बी नेपालीहरुको महान् चाड दशैंको अवसरमा आयोजित आरटीपी दशैं कप फुटबल प्रतियोगिताको उपाधी दुर्गा एफसिले जितेका छन । शनिबार साझ सम्पन्न फाइनलमा सुनिल केसी क्याप्टेन रहेको दुर्गा एफसिले माछापुच्छ्रे एफसिलाई ४ र १ गोलले पराजित गरेका थिए ।

विजेता र उपविजेता टिमलाई स्थानिय एपेक्सका काउन्सिल मेम्बर आर्नो जेगरम्यान, शेन रिस, एनसिएनसिका अध्यक्ष दधिन पाण्डे र सुरि गु्रपका अध्यक्ष सुजन न्यौपानेले ट्रफी वितरण गरेका थिए ।
नर्थक्यारोलिनाको आरटिपिमा गत सेप्टेम्बर १८ देखि सुरु भएको प्रतियोगितामा १० टोलीले भाग लिएका थिए । प्रतियोगिता एपेक्सको नेचर पार्कमा भएको थियो ।

फुटबल खेलमा रुचि राख्ने नेपाली युवाहरुको बडदो संख्यासंगै नेपालीको महान चाडपर्वको अवसर पारेर आरटिपिमिा दशैकप, ल्होसार कप र न्युइयर कप हुदै आएको छ । नेपाली समुदायबीच एकता, आपसी भाइचारा र सामाजिक सद्भाव कायम राख्दै नेपाली संस्कृति तथा परम्परालाई निरन्तरता दिने उद्देश्यले सन् २०१७ देखि आरटीपी दशैं कप आयोजना हुदै आएको आयोजक विकास सापकोटाले बताए ।

प्रतियोगिताले अमेरिकामा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध, सहकार्यसंगै नया पुस्तालाई नेपाली संस्कृति र समुदायसंग जोड्ने महत्वपूर्ण माध्यमको भूमिका निर्वाह गरिरहेको सापकोटाले बताए ।
यस वर्षको प्रतियोगिता विकास सापकोटा, जीवन न्यौपाने, दीप रिसाल टंक सेलिङ, सौरवराज बिष्ट र सन्तोष गौतम आयोजकको रुपमा खटिएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ३ : २३ बजे