लगातारको भीषण वर्षासँगै ठाडो खोलामा आएको पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि मनाङको सदरमुकाम चामे बजार उच्च जोखिममा परेको छ। नदी थुनिएर आसपासका खोलाहरूमा बाढी बढेपछि चामे बजार पूर्ण रूपमा खाली गराई स्थानीय बासिन्दा, व्यापारी र सरकारी कर्मचारीहरू ज्यान जोगाउन जंगल तथा डाँडातिर उक्लिएका छन्। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चामेकै स्कुल नजिकै ठाडो खोलाले ल्याएको…