दीपाको गीतमा अमेरिका जाने प्रवृतिमाथि प्रहार [भिडियोसहित]

September 15, 2018

काठमाडौ । गीतकार दीपा राई पुनको गीति एल्बम प्रतिरूपमा रहेको चर्चित गीत ‘ मायाको सागर ‘ को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।

मेलिना राईले स्वरमा रहेको गीतमा अमेरिका जाने युवायुवतीको वर्तमान कदमलाई तिखो प्रहार गरिएको छ ।

राजेश थापाको संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन खगेन्द्र लिम्बुले गरेका छन् । भिडियोमा सविना गोपाली, शैलेन्द्र बस्नेत, प्रकाश लिम्बु र लिला खड्काको अभिनय रहेको छ ।

सम्बन्धित समाचार