२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

भूकम्पपीडितलाइ सघाएका पेम्बातेन्जी जनसेवा पदवीबाट सम्मानित


१४ जेष्ठ २०७४, आइतबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

अमेरिका निवासी पेम्बातेन्जी शेर्पा नेपाल सरकारको उच्च सम्मान जनसेवा पदवीबाट सम्मानीत भएका छन् । सोलुखुम्बु चौरिखर्क छेप्लुङ गाउँमा जन्मेका उनलाई पछिल्लो समय मुलुकलाई पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई यो पदवीबाट सम्मानीत गरेकी हुन् । शेर्पा फाउन्डेसनका संस्थापक अध्यक्षासमेत रहेका २३ वर्षदेखि कोलोराडोमा बस्दै आएका पेम्बाले सबैभन्दा ठुलो योगदान पछिल्लो समय मुलुकमा भूकम्प आएको बेला गरेका सहयोग थिए ।
कोलोराडोमा शेर्पा पेन्टिङ कम्पनीका मालिकको रुपमा चिनिने पेम्बाले भूकम्पपछि आफनो ग्राहकहरुसंग दुई करोड भन्द बढी आर्थिक संकलन गर्न सफल भएका थिए । उनले त्यतिको रकम संकलन गर्ने वित्तिकै नेपालमा गएर ६ महिना भूकम्पपीडितसगै विताएर खुम्बु क्षेत्रमा २३ वटा पक्की घरहरु बनाउनुका साथै १ सय ४० भन्द बढी घरहरु पुनर्निर्माण गरिदिएका थिए । यसका साथै भुकम्पले नष्ट भएको चौरिखर्कस्थित रिमिजुमा रहेको ऐतिहासिक गुम्बा पेमाछोलिङलाई साथीभाई, नातागोता र स्थानीय शेर्पा समुदायको सहयोगमा संकलित ५५ लाख त्यहाँ लगेर दिएका थिए । त्यस्तै गुम्बाको भित्रको मुर्ति बनाउनका लागी पेम्बा र उनकी श्रीमति याङजीले आर्थिक सहयोग दिएको उनले बताए ।


‘गाउँबस्तीमा भूकम्पको कारण पीडितहरुको दुःखमा मैले गरेको कार्यलाई मुल्याङकन गरी यस्तो पदवी पाउछ भन्ने सोचेकै थिएन धेरै खुसी लाग्यो’ समाजसेवी पेम्बाले भने, ‘दुखिको सेवामा निस्वार्थ भावनाले साथ दिएकै मैले यो पदवी पाएको महसुस भयो ।’ यो सम्मानसंगै भविष्यमा थप अरु समाजसेवाहरु गर्नका लागी प्रोत्साहन मिलेको उनले बताए । नेपालमा लामो समय पर्यटन क्षेत्रमा लाग्दै आएका उनी अमेरिकामा समाजसेवासंगै नेपालको पर्यटन प्रर्वद्धनमा पनि उतिकै सक्रिय छन । उनले हरेक वर्ष नेपालमा टे«ेकिङ जाने अमेरिकनहरुलाई नेपाल जाने बन्दोबस्त मिलाइदिनुको साथै अमेरिकनहरुलाई आफनो साथमा लिएर नेपाल गुमाउने ल्याउने कार्य गदै आएको छ । ‘ नेपाल पर्यटनको दृष्टिले विश्वकै नमुना भएकोले म सधै यहाको अमेरिकनलाई नेपाल जान हौसाउछु र हरेक वर्ष नेपाल गुमाएर आउने गरेको छु’ । पेम्बाले भने, ‘मेरो नेपालप्रतिको माया र अमेरिकन साथीहरुले दिएको सहयोगले यो सम्मान पाएको महसुस भइरहेको छ ।’

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आइतबार  ११ : ०८ बजे