काठमाडाैं । राष्ट्रिय जनता पार्टी सहितको मधेसवादी संघीय गठबन्धनले अाजदेखि गर्ने भनिएको अान्दोलनको कार्यक्रम स्थगित गरेको जनाएको छ ।
राजपाले अाज मसाल जुलुस, भोलि र पर्सि तराइ, थारूहाटमा अामहड्ताल गर्ने कार्यक्रम थियो । सरकारले हिजो मात्र निर्वाचन सार्ने निर्णय गरेपछि गठबन्धनले अामहड्ताल स्थगित गरेको हो ।
गठबन्धनले निर्वाचनमा जाने कि नजाने भन्नेबारे भने अझै निर्णय गरेको छैन ।