२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

गायिका ममता राईको दोस्रो एल्बम ‘ममता–२’ सार्वजनिक


२० जेष्ठ २०७४, शनिबार  

0
Shares

काठमाडौं । गायिका ममता राईको दोस्रो एल्बम ‘ममता–२’मा सार्वजनिक भएको छ । गायिका मिरा राणा, संगीतकार तथा प्राज्ञ शान्तिराम राईलगायतले राजधानीको अनामनगरमा एक कार्यक्रमकावीच एल्बम सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा गायिका ममता र भर्सटायल गायक राजेशपायल राईले मिठो पुर्वेली लोकभाका रहेको भिडियोसमेत सार्वजनिक गरिएको थियो ।
गायिका मीरा राणाले ममताको स्वरमा साँच्चीकै मिठास पाएको बताइन् ।


त्यस्तै, संगीतकार शान्तिरामले लामो समयपछि पूर्वेली लोकभाकाको मन छुने गीत तथा भिडियो हेर्न पाएको बताए । उनले गायिका ममतालाई सफलताको शुभकामना दिँदै भने, ‘पछिल्लो समय हराउन लागेको पुर्बेली लोकभाकालाई ममताले ब्युताएकी छन् । यो एल्बम तथा भिडियोको सफलताका लागि शुभकामना छ ।’


पत्रकार एमपी सुब्बाले निर्देशन गरेको ‘फूलै राखी हातैमा…’ गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल तथा अभिनेत्री निशा लिम्बू पोमु र गायक रुकमान लिम्बूले अभिनय गरेका छन् । भिडियोलाई नविनबाबु गुरुङले खिचेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् ।
यसअघि ‘ममता’ ल्याएकी ममताले त्यसैको सिरिज ‘ममता–२’ ल्याएकी हुन् । निरन्तरताका लागि एल्बम ल्याएको गायिका ममताले बताइन् । ‘एल्बम त बिक्री हुन्न’ उनले भनिन्, ‘तर, एल्बम निकाल्नुपर्छ भन्ने सोचलाई निरन्तरता दिँदै ‘ममता–२’ ल्याएकी हुा ।’


एल्बममा ६ गीत समावेश छन् । शिरै फूल मेरो, कमलमुखी, फूलै राखी, तिमी मेरो, लेखमा फूल्ने र हाकु पटासी जस्ता बोलका गीत एल्बममा रहेको छ । जसमध्ये ‘फूलै राखी…’ को भिडियो सार्वजनिक गरिएको हो । एल्बममा शिवसंगम राई, भूपाल राई, रुद्रकुमार राई, इन्द्र जिजिबिसा, खगेन्द्र यक्सो, धुव्रसत्य परियारलगायतको शब्द तथा संगीत रहेको छ ।


प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार  ८ : ३६ बजे