४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

कृषि विज्ञ सुरेनको रेसमी पर्दाले


३० श्रावण २०७४, सोमबार  

0
Shares

काठमाडौँ । अध्ययन र पेशाका हिसावले कृषि विशेषज्ञ हुन, सुरेन गौतम । यद्यपि, रुचिका हिसावले गीत÷सङ्गीतको पारखी, गीत लेखन र गायन ।
सानैदेखिको हो, यो सुरेनको रुचि । कृषि स्नातक अध्ययनका लागि चितवन झर्नुअघि उहाँले यो रुचिलाई प्रस्तुत गर्न सकेनन् । कारण, परिवारको समर्थन थिएन यतातिर । जब चितवन रामपुर कलेज अध्ययन थाले, त्यहाँका स्टेजमा सुरेनका गायकी रुचिले फूल्ने मौका पायो । साथीभाइले गीत सुनेपछि राम्रो छ भन्ने प्रतिक्रिया पाए । गीत रेकर्ड गर्न उक्साए । त्यसपछि परिवारलाई थाहै नदिएर सुरेन हान्निए काठमाडौँ । गीत रेकर्ड गराएर फर्किए सुरेन । जब पाल्पा एफएम रेडियोबाट सुरेनका गीत बज्न थाले, तब थाहा पाए छोरो पनि गायक भएछ । गायक सुरेन भन्नुहुन्छ–“त्यसपछि परिवारको प्रतिक्रिया खासै नराम्रो रहेन । खुशी नै भए ।”
जर्मनबाट कृषिमा स्नातकोत्तर गरेका सुरेन फुर्सद भयो कि गायनका लागि तम्सिन्छन् । उनी गीत लेखन, कम्पोज र गायनमा समेत सक्रिय छन् । एल्बमको तयारी गरिरहेका सुरेनको रिमेक गीत रेसमी पर्दाले छेकेन… स्रोता÷दर्शकबीच लोकप्रिय पनि छ । सुरेनले भिडियोमा अभिनय पनि गरेका छन् । भिडियोमा भिमफेदी गाइज र सोनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियोमा रायन कार्कीको निर्देशन रहेको छ । सुनिल चित्रकारको सङ्कलनमा सुनिल तथा चेतमान गुरुङको खास स्वर रहेको रेसमी पर्दामा सुरनेको स्वर ‘मेलोडियस’ सुनिएको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०७४, सोमबार  ६ : ४५ बजे