६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

नयाँ शक्तिबाट निकालिए देवेन्द्र पाैडेल, १५ जनालाइ कारबाही


२ भाद्र २०७४, शुक्रबार  

2
Shares

काठमाडाैं । नयाँ शक्ति पार्टीले देवेन्द्र पाैडेलसहित १५ अाफ्ना नेतालाइ निस्कासन गरेको जनाएको छ ।

शुक्रबार पार्टी संयोजक डा बाबुराम भट्टराइले एक विज्ञप्ति जारी गर्दै  देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारसहितका १५ जनालाइ निस्कासन गरेको उल्लेख गरेको छ ।

‘पार्टी नीति र विचार विपरित कार्य गर्दै आएकोमा पटक–पटक यसो नगर्न सचेत गराई रहँदा पनि उहाँहरुले पार्टी विरोधी गतिविधि गरिरहेको हुँदा पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत निष्काशन गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

पाैडेल समूहले यसअघि नै पार्टीप्रति असन्तुष्टि जनाउँदै अलग्गिएको घोषणा गरिसकेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७४, शुक्रबार  ७ : ३९ बजे