२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

दुर्गा मन्दिर निर्माणको लागी न्युयोर्कमा महापुराण


Ang

९ भाद्र २०७४, शुक्रबार  

0
Shares

एभरेष्टटाइम्स
रिज्युउडमा दुर्गा मन्दिर तथा नेपाली सास्कृतिक केन्द्र निर्माणको लागी न्युयोर्कमा दोश्रो बृहत श्रीमद भागवत् महापुराण शुरु भएको छ । रिज्युउड नेपाली सोसाइटीको आयोजनामा भएको महापुराण ७ दिन लगातार हुने भएको छ । महापुराण शुरु हुन अघि बुधाबार दिउसो रिज्युउडस्थित दुर्गा मन्दिरदेखि ज्याक्सनहाइटसम्म र त्यहाबाट सत्यनारायण मन्दिरसम्म कलश यात्रा गरि बेलुकी महापुराण शुरु भएको थियो ।

एक साताको लागी शुरु भएको महापुराणको उदघाटन न्युयोर्कस्थित नेपाली महाबाणिज्यदुताबासका महाबाणिज्यदुत मधु मरासिनिले दिप प्रज्वलन गरि गरेका थिए । महापुराण बाचन प्रवीण दीनबन्धु पोखरेलको प्रमुख बाचकत्वमा भइरहेको छ ।
सन २००३ मा दर्ता भएको रिज्युउड सोसाइटीले लामो समयदेखिन रिज्युउडमा दुर्गा मन्दिर बनाउनका लागी अनेक प्रयत्न गदै आएपनि विविध कारणले बनाउन सकेका थिएन । त्यसो त मन्दिर बनाउनकै लागी सन २०१० मा पनि न्युयोर्कमा पहिलो पटक महापुराण गरेपनि मन्दिर बनाउन सकेका थिएन ।

‘ सबैको साथ र सर्मथनमा यस पटकको दोश्रो महापुराणबाट दुर्गा मन्दिर तथा सामुदायिक केन्द्र निर्माण गर्न सक्छौ भन्ने विश्वास हामीले लिएका छौ’ सोसाइटीका महासचिव भुनेश्वर अधिकारीले बताए । महापुराणबाट उठने रकमले रिज्युउडमा रहेको आफनै जग्गामा बेसम्यान र पहिलो तल्ल्ाा सहितको भवन बनाउने योजना बनाएको महासचिव अधिकारीले बताए । उनका अनुसार महापुराण लगाएको पहिलो दिन २० हजार १ सय १० संकलन भएको छ भने दोश्रो दिन १ लाख ४३ हजार २ सय ४० संकलन भएको छ । दोश्रो दिन सवैभन्द बढि दान गर्नेहरुमा राजेश सुनिता भट्टले ५० हजार डलर र सुर्य लम्सालले ३० हजार ३ सय ६४ दान दिएका छन ।

 

प्रकाशित मिति : ९ भाद्र २०७४, शुक्रबार  ९ : २९ बजे