२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

रुकुम पश्चिमका दुई मतदानस्थलमा पुनःमतदान


१५ मंसिर २०७४, शुक्रबार  

0
Shares

रुकुम । यही मंसिर १० गते स्थगितरुकुम पश्चिमका दुई मतदानस्थलमा आज पुनःमतदान भएको छ ।

मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र आठबीसकोट नगरपालिका– ११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदानस्थल (ख) मतदान केन्द्रमा पुनःमतदान भएको हो । मतदानका क्रममा आइतबार मतपत्रमा तेजाब राखेर मतपेटिकामा खसाल्दा आगलागी भएपछि दुवै ठाउँको मतदान स्थगन गरिएको थियो । नेपाल राष्ट्रिय मावि गत्तसैनाको मतदान केन्द्रमा ७५६ मतदाता रहेकामा ३२१ मत खसेको मतदान अधिकृत कर्णबहादुर कुँवरले जानकारी दिए ।

यस्तै रत्न आधारभूत विद्यालय बाँफीकोट– ५ को मतदान केन्द्रमा ६७२ मतदाता रहेकामा ३९७ मत खसेको यहाँका मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबीसकोटको मतपेटिकामा ३०३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७४, शुक्रबार  ६ : ५८ बजे