२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

टेक्सासमा आयोजित तेस्रो युएनए सम्मेलन सम्पन्न


१५ जेष्ठ २०७५, मंगलबार  

0
Shares

टेक्सास । विविध कार्यक्रमको साथ युनाइटेड नेपालिज एसोसियसन (युएनए)को तेस्रो सम्मेलन टेक्सासको डालासमा सम्पन्न भयो । एनआरएनएको निवर्तमान अध्यक्ष तथा सफल व्यवसायी शेष घलेको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा खेलकुद, विभिन्न फोरमहरु र साँस्कृतिक कार्यक्रमको साथमा साँझमा मेघा कन्सर्ट भएको थियो ।

शनिबार र आइतबार दुई दिन भएको सम्मेलनको उदघाटन प्रमुख अतिथिका रुपमा घले उपस्थित थिए । पहिलो दिन विभिन्न खेल प्रतियोगिताका साथै दोस्रो दिन विभिन्न क्षेत्रको फोरमहरुको गोष्ठीको साथै युएनएको साधारण सभासँगै नयाँ नेतृत्व पनि चयन गरेका थियो ।

कार्यक्रममा जन सम्पर्क समितिको पुर्व संयोजक विष्णु सुवेदीले प्रवासमा युवा पुस्तालाई माथि उठाउन युएनएनले महत्वपूर्ण कार्य गर्न खोजेकोले यस्तो कार्यक्रममा सवैतिरबाट सहयोग हुनुपर्ने धारण व्यक्त गरेका थिए । त्यस्तै एनआरएनए उत्तरी अमेरिकी संयोजक आरसी गौरी जोशीले विदेशमा रहेको नेपालीले नेपालको लागि गर्दै आएको सहयोगलाई व्यवस्थित रुपमा गर्न पहिलो पटक क्यालिफोर्नियामा एनआरएनएले विज्ञ भेला गर्न लागेकोले सवैलाई उपस्थितिको लागी अनुरोध गरे । कार्यक्रममा घलेले प्रवासमा रहेको विभिन्न संघ सस्थाहरुले नेपालमा भूकम्प जाँदा एनआरएनएमार्फत गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए ।

अष्ट्रिलियाभरकै विभिन्न धनढाय मध्येकै सफल हुने नेपाली व्यवसायी घलेले आफु कसरी सफल भए भन्ने बारेमा आफनो जीवनको अनुभव सुनाएका थिए । त्यस्तै युएनएका अध्यक्ष पासाङ लामा शेर्पाले युवा पुस्तालाई अमेरिकी मुलधारमा लैजान तथा मुलुकको हितको लागी युएनए स्थापना गरेको बताएका थिए । सम्मेलनले अर्को वर्ष न्युयोर्कमा सम्मेलन गर्ने भनी विभिन्न व्यक्तिहरु सम्मिलित नयाँ कार्यसमिति गठन गरेको छ । संस्थामा अध्यक्षको लागि ५ हजार डलर, उपाध्यक्षका लागि २ हजार डलर र बोर्ड अफ डाइरेक्टर हुन चाहनेहरुले एक हजार डलर तोकेको उनले बताए । समापन कार्यक्रमको साँझ विभिन्न कार्यक्रमको साथै गायक गम्बु शेर्पा र गायिका अन्जु पन्तले सवैलाई मनोरञ्जन दिएका थिए ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार  १ : १४ बजे