२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

राष्ट्रसंघमा सगरमाथाको तस्विर प्रर्दशनी


Ang

१६ जेष्ठ २०७५, बुधबार  

0
Shares

सगरमाथा आरोहणको ऐतिहासिक दिन मे २९ लाई विश्वभरि सगरमाथा दिवस ( एभरेष्ट डे ) को रुपमा मनाउदै आएको छ । देश विदेश जतासुकै सगरमाथा आरोहणको सम्झनासंगै नेपालको पर्यटन प्रर्वद्धनको लागी यो कार्यक्रम हुदै आएको छ । यसै क्रममा न्युयोर्कमा रहेका आरोहीहरुको सस्था युएस नेपाल क्लाइबर्स एसोसियसनले यसै अवसरमा पहिलो पटक नेपाल सरकारको निकायहरुको सहयोगमा संयुक्त राष्ट्रसंघको भवनमा सगरमाथाको तस्विर प्रर्दशनी गरियो । कार्यक्रम नेपाल कन्सुलेट, नेपाल मिसनले प्रर्दशनीको लागी सहयोग गरेका थिए ।

प्रर्दशनीमा राखिएका सवै तस्विरहरु एसोसियसनले संकलन गरेका थिए । उक्त अवसरमा नेपाल कन्सुलेटका महाबाणिज्यदुत मधु मरासिनिले नेपालको गौरव सगरमाथा दिवसको अवसरमा राष्ट्रसंघका भएको सगरमाथा सम्बन्धी तस्विर प्रर्दशनीले मुलुकलाई चिनाउनमा थप मद्धत पुग्ने बताएका थिए । त्यस्तै राष्ट्र संघका लागी नेपालका स्थायी प्रतिनिधि दुर्गा भट्टराईले एभरेष्ट डे को अवसरमा विश्वको मुख्यलय राष्ट्रसंघमा सवै देशका प्रतिनिधिहरुले देख्ने गरि भएको तस्विर प्रर्दशनीले सगरमाथासंगै नेपालको थप प्रर्वद्धन भएको बताएका थिए । त्यस्तै बाणिज्यदुत कृषु क्षेत्रीले पनि सगरमाथा आरोही सम्मिलित सस्थासग नेपाल सरकारले संयुक्त रुपमा तस्विर प्रर्दशनी गर्न पाउदा खुसी लागेको बताए । प्रर्दशनीमा विभिन्न मुलुकका राजदुतहरुको उपस्थिति थिए ।

‘ हामीले हरेक वर्ष एभरेष्ट डे मनाउने क्रममा पहिलो पटक राष्ट्रसंघमा सगरमाथाको तस्विर प्रर्दशनी गरिएको हो’ एसोसियसनका अध्यक्ष पासाङरिन्जी शेर्पाले बताए । उनका अनुसार सस्थाले हरेक वर्ष सगरमाथा आरोहणको क्रममा जीवन गुमाउने आरोहीहरुकेा र आरोहण गर्नेहरुको स्मरणमा एभरेष्ट डे मनाउदै आएको बताएका थिए । त्यस्तै महासचिव आङ ग्याल्जेन शेर्पाले एभरेष्ट डे कार्यक्रम आरोहीहरुको सम्झनासंगै नेपालको पर्यटन प्रर्वद्धनका लागी राष्ट्रसंघमा सगरमाथाको तस्विर प्रर्दशनी गरेको बताएका थिए । उनका अनुसार सगरमाथाको बारेमा जानकारी मुलक विभिन्न ३० तस्विरहरु जुनको १ तारिखसम्म प्रर्दशनी हुने भएको छ । पहिलो दिनको प्रर्दशनीमा करिब डेट दर्जन जति आरोहीहरु र उनका आफन्तहरुसंगै विभिन्न मुलुकका राजदुताबासका प्रतिनिधिहरुको उपस्थिति थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार  ८ : ५३ बजे