८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

विश्वको विभिन्न मुलुकहरुमा मनायो विश्व शेर्पा दिवस ।


Ang

२४ आश्विन २०७५, बुधबार  

0
Shares


विश्वभरिको शेर्पाहरुको भेलाले गत वर्ष काठमाडौमा पहिलो ऐतिहासिक विश्व शेर्पा सम्मेलन सम्पन्न भएको एक वर्ष पुरा भएको छ । गत वर्षको अक्टुबर ८ तारिख राजधानीमा सम्पन्न सम्मेलनद्धारा गठित विश्व शेर्पा मञ्च ( जम्बुलिङ शेर्वी छोक्पा ) ले हरेक वर्ष यही अवसर पारेर विश्व शेर्पा दिवस मनाउने निर्णयसंगै विभिन्न देशहरुमा विश्व शेर्पा दिवस विशेष कार्यक्रमको साथ मनायो ।

” शेर्पा समाजभित्रको बिकृतिलाई हटाऔ मौलिक संस्कृतिको जर्गेना गरौ ”  भन्ने मुल नाराका साथ न्युयोर्कमा विश्व शेर्पा मञ्चको पदाधिकारीहरुको पहलमा गत अक्टुबर ७ तारिख आइतबारको दिन विश्व शेर्पा दिवस मनायो । न्युयोर्कस्थित शेर्पा किदुगको भवनमा दुई चरणमा आयोजित दिवस बौद्धधर्म गुरु आवतारी लामा टुल्कुद्धारा बुद्धको प्रतिमामा दिप प्रज्वलनको साथै धार्मिक मन्त्रपाठसंगै शुभारम्भ गरेका थिए ।

पहिलो चरणमा विश्व शेर्पा दिवसको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो भने दोश्रो चरणमा न्युयोर्कको शेर्पा समुदायको धर्म र सस्कृतिमा देखिएको विकृतिहरुको बारेमा छलफल गरि हटाउने प्रयास स्वरुप मञ्चले विभिन्न प्रस्तावहरु न्युयोर्कको शेर्पा समुदाय समक्ष अपिल र अनुरोध गरेका थिए ।

‘ विशेष गरि शेर्पा समुदायभित्र धर्म र संस्कृति जोगाउने नाममा विभिन्न विकृतिहरु बडन थालेकोले समयमै यस्ता विकृतिहरुलाई निरुत्साहीत गदै जाने उद्धेस्यका साथ विश्व शेर्पा दिवस मनाउन थालेको हो’ बरिष्ठ उपाध्याक्ष दावा जाङबु शेर्पाले भने- ‘ हाम्रो समाजमा पहुचको आधारमा बढी तडकभडक भोज भतेर,महागो होटेल तथा सामाग्रीहरू प्रयोग, देखासिकी र प्रतिस्पर्धाले हाम्रो मौलिक संस्कृतिको जगेर्ना गर्नमा बाधा पुग्न गएकोले यस्तो विकृतिहरु स्थानीय स्तरदेखि केन्द्रसम्मै हटाउने सोचसंगै विश्व शेर्पा दिवस मनाउन थालेको हो’ । उनका अनुसार विदेश हुदै काठमाडौ र गाउसम्मै धर्म र सस्कृतिको नाममा विकृतिहरु बडन थालेकोले न्युयोर्क हुदै काठमाडौको संघ सस्थाहरु, शेर्पा सेवा केन्द्रहरु र गुम्बाहरुलाई विकृति हटाउनका लागी पनि सुझाव र अनुरोध पठाउन लागेको छ ।

दिवसमा उपस्थित सहाभागीहरुलाई विश्व शेर्पा मञ्चका उपाध्याक्ष गेल्मु शेर्पाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा धर्मगुरु लामा टुल्कुले शेर्पा समुदायको भाषा, धर्म र सस्कृतिको संरक्षणको लागी विश्व शेर्पा मञ्चले गरेको यो प्रयासले शेर्पा समुदायको मौलिक पहिचान जोगिनमा महत्वपुर्ण योगदान पुग्ने बताएका थिए । मञ्चको प्रबक्ता आङछिरिङ शेर्पाले सञ्चालन गरेको कार्यक्रममा मञ्चका उपाध्याक्ष निमा शेर्पा र सदस्य उर्गेन शेर्पाले स्थानीय स्तरमा देखिएको विकृतिहरुको बारेमा आएको गुनासोको आधारमा सवैमा जानकारी गराउदै सहाभागीहरुको राय सुझाव संकलन गरेका थिए ।

दिवसमा स्थानीय स्तरमा जन्म, मृत्य र विवाह सस्कारमा देखिएको विकृतिहरुको बारेमा जानकारी गराउदै हटाउनका लागी प्रस्ताव सवै सहाभागीहरुलाई अनुरोध गरेका थिए । स्थानीय स्तरमा दिएको प्रस्तावहरुसंगै सहाभागीहरुले नेपालको शेर्पा सेवा केन्द्र तथा विभिन्न गाउको गुम्बामा देखिएको विकृतिहरुको बारेमा पनि विभिन्न संघ सस्थाहरु र शेर्पा सेवा केन्द्रलाई सुझाव तथा अनुरोध गरेको छ । दिवसमा शेर्पा किदुगका पुर्व अध्यक्षहरु,  किदुगका बर्तमान पदाधिकारीहरु, शेर्पा संघ अमेरिकाका पदाधिकारीहरु, पुर्व महासचिवहरु, ट्रष्टीका पदाधिकारीहरुको साथै शेर्पा समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेका थिए ।

विश्व शेर्पा दिवसकै अवसर पारेर बेल्जियम शेर्पा किदुग र शेर्पा सोसाइटी पोर्चुगलले पनि विशेष कार्यक्रमको साथ विश्व शेर्पा दिवस मनायो । बेल्जियम शेर्पा किदुगको अध्यक्ष आङ दोर्जि सोनाम शेर्पाको सभापतित्वमा बेल्जियममा बिश्व शेर्पा दिवस मनाएको थियो ।

पोर्चुगलमा बसोबास गदै आइरहेका पोर्चुगल शेर्पा समुदायले पनि  शेर्पा सोसाइटी पोर्चुगलको अध्यक्ष वाङगेल लामाको सभापतित्वमा बिश्व शेर्पा दिवस मनाएको थियो । सोसाइटीका महासचिव ल्हाक्पा छोटि शेर्पाले सञ्चालन गरेको कार्यक्रममा विश्व शेर्पा मञ्चका मिडियाकोर्डिनेटर पेम्बा गेलु शेर्पाले विश्व शेर्पा दिवसको बारेमा मन्तव्य दिएका थिए ।

 

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार  १२ : ३६ बजे