नेपालको पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य अनुरुप न्यूयोर्कमा ‘ राईड फर नेपाल ‘ नामक कार र्याली गर्ने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना र नेपाली महावाणिज्य दूतावास न्यूयोर्कको सहकार्यमा आगामी अक्टोबर २७ को दिन न्यूयोर्कस्थित विभिन्न पाच बोरोहरुमा कार रार्ली गर्ने लागेको पर्यटन बोर्डका अवैतानिक पर्यटन प्रतिनिधी प्रदिप श्रेष्ठले विज्ञाप्ती मार्फत जनाएको छ । नेपालमा धेरै पर्यटक भित्राउने लक्ष्य अनुरुप सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागी यो कार्यक्रम आयोजना गर्न लागेको श्रेष्ठले बताए ।
यस अघि न्युयोर्क हुदै वासिङटनडिसि सम्म गर्न लागेको कार रार्ली प्राविधिक कारणले न्युयोर्कभित्रमा गर्न लागेको श्रेष्ठले बताए । रार्ली अक्टोबर २७ तारिखको बिहान ९ बजे न्यूयोर्कको कुईन्सबाट शुभारम्भ भई न्युयोर्क राज्यको पाच बोरोहरु -कुईन्स, मेनहृयाटन, बु्रकलिन ,ब्रोङ्कस र स्टेटन आईल्याण्ड) परिक्रमा गरि अपरान्ह् ३ बजे ज्याक्सन हाईटको डाईभर्सिटी प्लाजामा समापन हुने बिज्ञाप्तीमा जनाएको छ । करिब २ सय कारहरुमा नेपाली झण्डा फहराउदै कारको अगाडि-पछाडी र कारको ४ वटै ढोकाहरुमा “भ्रमण बर्ष २०२०”, “राईड फर नेपाल” र नेपालका पर्यटकीय क्षेत्रहरुको ब्यानरहरु कारमा राखिन लागेको छ । समापन कार्यक्रममा बिभिन्न नेपाली कला र संस्कृति झल्कने विविध् सांस्कृतिक झांकी एवं सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने भएको जनाएको छ ।