७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अमेरिकामा उपपमेयर सिटौलाले शेर्पा पोशाक र बौद्ध ग्रन्थ दोमाङ छोएर सपथ लिए


Ang

१ जेष्ठ २०७६, बुधबार  

4
Shares

आङछिरिङ शेर्पा

अमेरिकाको मेरिल्याण्डस्थित इण्डियन हेडमा दोश्रो पटक पुन उपमेयरमा निर्वाचित किरण सिटौलाले शेर्पा पोशाकमा र बुद्ध धर्मको महत्वपुर्ण धार्मिक ग्रन्थ ‘दोमाङ’ छोएर सपथ लिएका छन । ४ बर्ष अघि उपमेयर बनेका सिटौला संभवत अमेरिकी मुलधारको राजनितिमा प्रवेश गर्ने नेपाली मुलका पहिलो हुन । सपथ ग्रहण कार्यक्रममा उपमेयर सिटौलाकी श्रीमति प्रज्ञा सिटौलाले बौद्ध ग्रन्थ ‘दोमाङ’ समाएका थिए ।

अमेरिकी मुलधारको राजनितिमा लागेका सिटौलाले शेर्पा पोशाक र बुद्ध धर्मको महत्वपुर्ण धार्मिक ग्रन्थ छोएर लिएको सपथग्रहणले नया सन्देश दिएको छ । उनलाई चाल्र्स काउन्टीको क्लर्क स्यारोन हयानककले सपथ ग्रहण दिलाएकी थिइन । ‘ हाम्रो हिमाली जातीहरु विशेष गरि शेर्पा, गुरुङ र थकाली जातीहरु जो हिमालमा बस्नुहुन्छ उहाहरुको सम्मानमा मैले शेर्पा पोशाकमा सपथ लिएको हु’ उपमेयर सिटौलाले भने- ‘ मौलिक हिमाली पोशाकसंगै बौद्ध धर्मको महत्वपुर्ण धार्मिक ग्रन्थ दोमाङ मानव जीवनमा अतिनै महत्वपुर्ण भएकोले शान्ति र एकताको सन्देश दिनका त्यसरी सपथ लिएको हो ‘ । उनले थपे ‘ हामी जहासुकै भएपनि एकले अर्काको सस्कृतिको सम्मान गर्नु पर्छ र प्रवासमा हिमाल पहाड र तराई हामी सबै एक हौ भन्ने सन्देश दिनकै लागी यो गरेको हो’ उपमेयर सिटौलाले बताए । ‘ हामी टाइ र सुट लगाउदैमा मात्र ठुलो हुदैनौ ‘ उनले भने -‘ जहा रहेपनि आफनै मौलिक पहिचान र सस्कृतिलाई कहिल्यै विर्सन हुदैन’ । कार्यक्रममा अमेरिकाका लागी नेपालका राजदुत डा अर्जुन कार्कीको पनि उपस्थित थिए ।

बुबा कपिल सिटौला र आमा खगेश्वरी सिटौलाका साथमा उपमेयर किरण सिटौला

काठमाडौको बुढानिलकण्ठमा एसएलसि एलेभलका अध्ययन सके लगतै सन १९९४ मा अध्ययनका लागी अमेरिका आएका सिटौला सन २००४ को अगष्ठदेखि परिवारका साथ बस्दै मेरिल्याण्डमा बस्दै आएका छन । उनी अहिले एक छोरि, श्रीमति र बुबाआमाको साथमा संगै बस्दै आइरहेका छन । अमेरिकामा अध्ययनको लागी आएको वितिकै लुथर कलेजमा एक सेमिष्टारको अध्ययनपछि ओहायोस्थित वेजलियान युनिभर्सिटिबाट एकाउन्टीङ विषयमा अनडर ग्रजुयट गरेर सिपिएको लाइसेन्स प्राप्त गरेका थिए । त्यसपछि युनिभर्सिटि अफ मेरिल्याण्डबाट डेटाबेस टेक्नोलोजिमा मार्सटड डिग्री गरिसकेपछि अहिलेसम्म प्राइसवाटर हाउस, डिलोइट, मेरियोड र विश्व बैक जस्ता कम्पनिहरुमा कार्य गरिसकेका छन ।
हाल उनी अमेरिकी सरकारको राजस्व विभागको कर शाखामा सेक्सन प्रमुखको रुपमा सन २०१२ बाट गदै आइरहेका छन । त्यहीबेला सन २०१५ मा उनी पहिलो पटक उपमेयरमा जितेका थिए । संभवत त्यस अघि अमेरिकी मुलधारको राजनितिमा नेपाली मुलको कोही पनि गएका थिएनन । उनले गरेको सफल कार्यको मुल्याङन गदै स्थानीय जनताले उनलाई पुन यस पटक गत मे ७ तारिखको निर्वाचनमा पुन सोही पदमा विजयी गराएका छन । ४ बर्षको कार्यकालको लागी उपमेयर पदमा निर्वाचित उनले सवैभन्द दोश्रो बडि मत ल्याएका थिए ।

टाउन अफ इण्डियन हेडमा निर्वाचित ३ जना प्रतिनिधिहरु रहने प्रावधान अनुसार मेयर, उपमेयर र काउन्सीलमेनले नितिगत र दिशामार्गनको कार्य गरिरहेका छन । उनीहरुलाई सघाउन अरु थप २५ जना कर्मचारीले दैनिक रुपमा जनताको सेवामा जुटिरहेका उपमेयर सिटौलाले बताए । उपमेयरमा निर्वाचित भइसकेपछि यस अघि सिटौलाले गर्भनर लेरिहोगनसग सहकार्य गरेर ३२ लाख डलरको सहयोग लिएर कुल ४० लाखको प्रोजेक्टमा इण्डियनहेडमै नया बोर्ड वाक निर्माण भइरहेको । यो पर्यटकको आर्कषण र स्थानीय व्यवसायीलाई फाइदा हुने भएकोले यो प्रोजेक्ट थालेको उनले बताए । त्यस्तै पुरानो भाग्नावसेस भवनहरुलाई भत्काएर नया कम्युनिटि कलेजको भवन भेलोसिटि सेन्टरको निर्माण कार्य भइरहेको छ । त्यसैगरि वासिङटन ग्यास कम्पनिसग सम्पर्क गरेर घरघरमा पाइपबाट नेचुरल ग्यास पुग्ने प्रोजेक्ट पनि गत दुई हप्ता अघि उदघाटन गरिएको उनले बताए । पुन उपमेयरमा निर्वाचित भएपछि सिटौलाले अब आफनै टाउनमा आधुनिक पुस्तकलय निर्माण गर्ने, नेपाली समुदायसग मिलेर काउन्टीमा ४ वटा व्यवसाय खोल्ने, नया किसिमको किओस बैकिङ प्रविधि शुरु गर्ने र आगामी पुस्तालाई अघि बडाउने विभिन्न कार्यहरु गरिने योजना रहेको उनले बताए ।

अमेरिकी मुलधारमा सिटौलाले शुरु गरेको मुलधारको यात्रासंगै पछिल्लो समय मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेटको डिष्ट्रिक ८ का प्रतिनिधिको रुपमा एचभण्डारी, भर्जिनियास्थित टाउन अफ हरनडनमा काउन्सीलम्यान प्रदीप खनाल र भर्जिनियास्थित टाउन अफ हेमार्केटमा मधु पन्थी काउन्सील मेम्बरको रुपमा गत वर्ष निर्वाचित भएका छन ।
उपमेयरमा निर्वाचित सिटौलालाई नेपालस्थित अमेरिकाको दुताबासले युनिभर्सिटि अफ मेरिल्याण्डको प्रतिनिधिको रुपमा नेपालको स्थानीय जनप्रतिनिधिहरुलाई तालीम दिन निम्ताएको सिटौलाले बताए । उनका अनुसार आगामी जुन महिनाको ५ तारिख नेपाल गएर नेपालको स्थानीय सरकारको जनप्रतिनिधिहरुलाई बजेट, कम्युनिटि आउटरिच, कानुनी प्रावधान जस्ता महत्वपुर्ण विषयहरुको तालीम दिने योजना बनाउको उनले बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ८ : ४४ बजे