९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मेक्सिकोमा ट्रकसँग बस ठोक्किँदा ५ बालबालिकासहित १४ जनाको मृत्यु



एजेन्सी– मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन् ।

बुधबार भएको दुर्घटनामा अन्य १२ जना घाइते भएको बताइएको छ । एउटा ट्रकसँग बस ठोक्किएपछि भएको आगलागीमा परी यो हताहत भएको अधिकारीहरुले जनाएका छन् । बसमा एउटै परिवारका व्यक्तिहरु रहेका थिए ।

गौन्जौटोबाट पुएर्टो भाल्लार्तातर्फ गइरहेका उक्त बस दुर्घटना भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा घाइते भएकाहरुलाई तत्कालै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  २ : ३६ बजे