११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुनमा, विभागको संख्या ४७ पुग्यो



काठमाडौं – कांग्रेस केन्द्रीय समिति बैठकले आगामी महाधिवेशनको मिति टुंगो लगाएको छ

शुक्रबारको बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको  हो।

त्यसैगरी केन्द्रीय कार्य समितिको म्याद ०७७ फागुन १९ गतेसम्म थप गरेको छ। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार केन्द्रीय कार्य समितिको म्याद ०७७ फागुन १९ गतेसम्म थप भएको छ। महाधिवेशन मिति तय भएसँगै केन्द्रीय समितिको म्याद थप भएको हो।

शुक्रबारको केन्द्रीय समितिले तरुण दलको म्याद ६ महिना थप गरेको छ भने कांग्रेस केन्द्रीय विभागको संख्या २८ बाट ४७ पुर्याउने निर्णय गरेको छ।

महाधिवेशनको क्यालेण्डर, विभाग गठनलगायतका एजेन्डामा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नजुटेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा सहभागी भएन्।

पौडेल नेतृत्वको असन्तुष्ट समूहमा महामन्त्री सशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला पनि छन्।

महाधिवेशको क्यालेण्डर पहिले कि विभाग तथा अरु विषयको व्यवस्थापन पहिले भन्नेमा विवाद हुँदा सहमति जुट्न सकेको थिए।

महामन्त्री कोइरालासहितको पौडेल समूहले पहिले महाधिवेशनको क्यालेण्डर टुंगो लगाएर अरु विषयमा प्रवेश गर्नुपर्ने अडान राख्दै आएका छन् भने देउवा नेतृत्वको संस्थापन पक्षले विभाग गठन तथा पार्टीका अन्य आन्तरिक व्यवस्थापनका विषय टुंगो लगाएपछि मात्र महाधिवेशनको क्यालेण्डर तय गर्नुर्ने पक्षमा थियो।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १० : ०५ बजे