१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

नेकपा सचिवालय बैठकमा सभामुख उमेद्‌‌वार बारे छलफल हुन सकेन



काठमाडौं– नयाँ सभामुख चयन बारे छलफल गर्न बोलाइएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ ।

आइतबार बिहान सभामुख चयन र एमसीसीबारे छलफल गर्न नेकपाले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको थियो ।

नेकपाले सभामुख चुन्न नसक्दा संसदको काम प्रभावित भइरहेको छ ।

एमसीसीमार्फत् प्राप्त हुने ५५ अर्ब अनुदान स्वीकार गर्ने कि नगर्ने भन्ने बहस पनि नेकपाभित्र छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : २५ बजे