न्युयाेर्क । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा पूर्व उपराष्ट्रपति जोय विदेनलाई सहयोग गर्ने भएका छन् ।
ओबामाले मगलबार करिब १२ मिनेट लामो भिडियो मन्तव्यमा पूर्व उपराष्ट्रपति भइसकेका विदेनको पक्षमा सबैले सहयोग गर्नु पर्ने बताएका छन् । विदेन ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति थिए । उनी आगामी निर्वाचनमा डेमोक्रेटिभ पाटीको प्रभावशाली उम्मेद्वारको रुपमा चिनिएको छ ।
‘यो किसिमको नेतृत्वको बेला आगामी राष्ट्रपतिको निर्वाचनमा सक्षम उम्मेद्वारको रुपमा जोय विदेन अघि बडेको छ,’ पूर्वराष्ट्रपति ओबामाले भने, ‘विदेनसँग मुलुक नेतृत्व गर्न सक्ने राम्रो ज्ञान, विशेषता र क्षमता भएकोले मैले सही उम्मेद्वारको रुपमा लिएको छु । मेरो कार्यकालमा राम्रो निर्णय गर्न सक्ने उपराष्ट्रपतिको रुपमा मैले नजिकबाट चिनेको छु ।’ओबामाले रिपब्लिकन पार्टी र ट्रम्पले सिनेटमा एकलौटी कार्य गरेकाले अमेरिकाले प्रगति गर्न नसकेको गुनासो समेत गरेका थिए ।
उनले अमेरिकामा यतिखेर भइरहेको कोरोना महामारी संक्रमणले मुलुक र जनताले निकै दुख भोग्नु पारेकोमा दुख व्यक्त गदै यतिखेर सवै जहा भए पनि सुरक्षित रहन आग्रह गरेका छन् । ‘यो समय भनेको कसरी बच्ने र एक आपसमा कसरी बचाउने र सहयोग गर्ने समय भएकोले सहयोगको भावना अगाडी बडौ,’ ओबामाले बताए ।