९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

भारतमा एकै दिन भेटिए ५ हजार संक्रमित



नयाँदिल्ली (एजेन्सी) । भारतमा आइतबार बिहानसम्म कोरोना भाइरस संक्रमितकाे संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ ।

भारतमा कूल २ हजार ८७२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । करिब ३४ हजार १०८ जना निको भएर डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७०६ जनामा कोरोना देखिएको छ भने गुजरात र तामिलनाडूमा क्रमशः १० हजार ९८८ जना र १० हजार ५८५ जना कोरोना संक्रमित भेटिएका छन् ।

नयाँदिल्लीमा भने ९ हजार ३३३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  १२ : ११ बजे