कोरोना भाइरसबाट विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु, ८१ लाख भन्दा बढी संक्रमित

२०७७ असार २, मंगलवार १३:१८

 

कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार मङ्गलबारसम्ममा कोरोना भाइरसका कारण बिरामी भएका ४२ लाख ३१ हजार ६४८ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ४८ हजार ५६ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५६८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ८२ हजार ९५० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १८ हजार २८३ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा १४ लाख ६३ हजार १६० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६१ हजार ५६२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख १२ हजार ३४१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४६ हजार २१९ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख २० हजार ९० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८३ हजार २१५ को मृत्यु भएको छ । एसियामा १६ लाख ५९ हजार ४२२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४१ हजार २७६ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ५४ हजार २१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ७९३ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार