नेपालका प्रधानमन्त्री कोरोना नेगेटिभ, सल्लाहकारहरु पोजेटिभ

२०७७ आश्विन १७, शनिबार २०:१४

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण नेगेटिभ आएको भने उनका सल्लाहकारहरुको पोजेटिभ आएको

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको पुष्टी भएको

शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उनीहरूको शनिबार रिपोर्ट आएको हो

प्रधानमन्त्री ओलीको भने बिहीबार गरिएको परीक्षणमा नेगेटिभ आएको बताईएको उनको सल्लाहकार सहयोगीहरुमा संक्रमणदेखिए पछि उनके स्वास्थ्य अबस्थालाई लिएर चासो बढेको

शुक्रबार स्वाब दिएको शनिबार रिपोर्ट आएको रिमाल, भट्टराई थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन्  उनीहरूलेआफ्नो सम्पर्कमा आएकाहरूलाई स्वास्थ्य सचेतता अपनाउन आग्रह गरेका छन् 

रिमालले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो  यस बीच मसँगसम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकाछन् 

प्रमुख स्वकीय सचिव भण्डारीले संक्रमित कसैलाई पनि कोरोना भाइरसको लक्षण नदेखिएको बताएका छन्  संक्रमित सबै होमआइसोलेसनमा रहेको उनले जानकारी दिए 

यसअघि प्रधानमन्त्रीको निजी सचिवालयमा रहेका केही व्यक्तिमा कोरना संक्रमण भएको थियो  प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको थियो भने प्रधानमन्त्रीको निजी सचिवालयमा फोटो पत्रकारका रूपमा कार्यरत राजनकाफ्लेलाई पनि कोरोना संक्रमण भएको थियो 

त्यसैगरी प्रधानमन्त्री निवासमा कार्यरत ६७ सुरक्षाकर्मी केही चालकमा पनि संक्रमण देखिएको बताईएको

सम्बन्धित समाचार