अन्तर्राष्ट्रिय तमू (गुरुङ) संवाद श्रृङखला शुरु, पहिलोदिन भाषा र साहित्यबारे छलफल

२०७७ आश्विन २३, शुक्रबार २३:२२

काठमाडौं अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखला शुक्रबार शुरु भएको गत वर्ष काठमाडौंमाविश्वभरका तमूहरुको सहभागितामा भव्यताका साथ सम्पन्न भएको अन्तर्राष्ट्रिय तमू (गुरुङ) संवाद यसवर्षकोरोनाका काकण भर्चुअल गरिएको

चार दिनसम्म चल्ने संवाद कार्यक्रम अक्टोवर १२ मा सकिने जुम प्रविधि मार्फत भएको कार्यक्रमअन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषदको आयोजनामा भएको कार्यक्रममा विभिन्न शीर्षकमा लगातार दिनसम्मबहस छलफल हुनेछ

कार्यक्रम अन्तरगत शुक्रबार पहिलो सेशनमाङै नासा ट्हो” (मेरो गाउँघर) शीर्षकमा अखिल भारतीय गुरुङ बौद्ध संगठनका अध्यक्षआनन्द गुरुङ, तमू समाज बेल्जियमका अध्यक्ष नन्दकुमारी गुरुङ, तमू समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ, तमू समाज ओमनकाअध्यक्ष निसेक गुरुङ, तमू समाज कुवेतका महासचिव सुरेश गुरुङ, ईष्ट वेष्ट तमू गुरुङ सोसाईटी सेट्ल अमेरिकाका अध्यक्ष सीता गुरुङ, तमू धीं साउदीअरब जेद्धाका अध्यक्ष वेद गुरुङ, तमू समाज युएईका अध्यक्ष उषा गुरुङ, तमू समाज नेदरल्याण्डका अध्यक्ष प्रेमजंग गुरुङ, तमू समाज डेनमार्कका अध्यक्ष लालबहादुर गुरुङ, तमू समाज क्यानडाका अध्यक्ष सोम गुरुङ, तमू समाज मलेसियाका अध्यक्ष सुवासगुरुङ, तमू समाज म्यानमारका अध्यक्ष मिनबहादुर गुरुङ, तमू समाज मकाङ चीनका वरिष्ठ उपाध्यक्ष लिलबहादुर गुरुङ (गोरे), तमूसमाज फ्रान्सका अध्यक्ष चित्र गुरुङ, अखिल सिक्किम गुरुङ बौद्ध संगठन भारतका अध्यक्ष लक्षुमण गुरुङ, गुरुङ सेवा समिति नयाँदिल्ली भारतका उपाध्यक्ष गोपीराज गुरुङ तमू समाज, स्वीजरल्याण्डका अध्यक्ष धर्म गुरुङ लगायतले मन्तब्य राखेकानथिए

उनीहरुले आफनो संस्थाले देश विदेशमा गर्दै आएको सामाजिक काम संस्थाको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए कार्यक्रममातमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, नेपालका सहमहासचिव डम्बरबहादुर गुरुङले सहजीकरण गरेकावथिए भने प्रा.डा.ओम गुरुङलेकार्यक्रमको अध्यक्षता गरेका थिए

शक्रबारको दोस्रो सेशनमातमू भाषा साहित्यविषयमा बहस गरिएको थिये

कार्यक्रममा स्वागत मन्तव्य गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमूले राखेकी थिईन् उनले कुनै पनि जातिको भाषा लोप हुनुभनेको इतिहास पनि लोप हुनु हो भन्दै इतिहास सधै लेख्नेहरुको बाँच्ने भएकोले अब पढने लेख्ने संस्कारको विकास गर्नुपर्ने बताइन्

कार्यक्रममा आफनो कार्यपत्र प्रस्तुत गर्दै भाषाविद् रत्नबहादुर गुरुङले अहिले केही व्यक्तिहरुले तमू भाषामा साहित्य लेख्नको थालनीगरेता पनि त्यो पर्यप्त नभएको बताए भाषा साहित्य एक अर्काको परिपुरक भएकोले साहित्य लेखनको शुरुवातको निम्ति भाषाकोसंरक्षण गर्नु अति आवश्यक रहेको उनले बताए

कार्यक्रममा धन्यवाद मन्तव्य तमू समाज सिड्नी अष्ट्रेलियाका पुर्व सचिव लिल पर्जु तमूले राखेका थिए भने कार्यक्रमको समापन गर्दैसिक्किम भारतका डिवी गुरुङले आफनो भाषा साहित्यलाई सबैले माया गर्नुपर्ने बताए

सम्बन्धित समाचार