पेन्सिलभेनियामा पनि बाइडन अगाडि

२०७७ कार्तिक २१, शुक्रबार २१:४२

न्युयोर्क । अमेरिकाका राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जीतको नजिक पुगेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले लीड गरिरहेको अर्को स्वींग स्टेड पेन्सिल्भेनियामा पनि बाईडेन अगाडि निस्किएपछि धेरैले उनको ह्वाईट हाउसको दौड नजिक पुगेको बिश्लेषण गरेका छन् । यद्यपि मतान्तर नजिक भएकाले शंका गर्नेहरु पनि छन् ।

२० इलेक्टोरल रहेको पेन्सिलभेनियामा बाइडनले ५ हजार ५९४ मतले अग्रता लिएका छन् । अझै दुई प्रतिशत मत गणना बाँकी हुँदासम्मको परिणाम हो ।

योसँगै निर्वाचन परिणाम आउन बाँकी रहेका पाँच मध्ये चार राज्यमा बाइडनले अग्रता लिएका छन् । १६ प्रतिशत मत गणना बाँकी रहेको नेभाडा र एक प्रतिशत मत गन्न बाँकी रहेको जर्जियामा पनि वाइडनको अग्रता जारी छ । नेवाडामा ६ र जर्जियामा १६ इलेक्टोरल छन् । एरिजोनामा यसअघि देखि नै बाइडेन अगाडि छन् ।

सम्बन्धित समाचार