२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

न्युजर्सिबासी कलाकार महर्जन सम्मानीत


Ang

१४ आश्विन २०७९, शुक्रबार  

8
Shares

देवबहादुर डंगोल स्मृति कोष, खोकना-२१ ललितपुरले न्युजर्सि निवासी कलाकार कविना महर्जनलाई एक कार्यक्रमको वीच सम्मान गरेको छ । कोषले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कलाकार मर्हजनले पुर्‍याउदै आएकी योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ । खोकनाका चर्चित समाजसेवी स्व. डंगोलले जीवनकालमा धेरै समाजसेवा गरेकै कारण उनको नाममा यो कोष स्थापना गरेको जनाएको छ ।

कलाकार मर्हजनले जन्मस्थल खोकाना, राष्ट्रिय कला,संस्कृति र रहनसहनको संरक्षण, प्रबर्द्धनमा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी खोकना एवं नेपालको नामलाई विश्वस्तरमा पुर्‍याउदै आएकी छिन । हालै प्रदान गरिएको प्रशंसापत्रमा राष्ट्रको भाषा, कला र संस्कृतिको प्रवर्द्धन र संरक्षण कार्य निरन्तर रुपमा लागिरहन प्रेरित गरिएकोले सम्मान गरेको जनाएको छ । कविनालाई प्रदान गरिएको उक्त सम्मान पत्र उनकी बुबाले लिएका थिए । ललितपुरको खोकनामा जन्मेकी कलाकार महर्जन विगत १३ वर्षदेखि अमेरिकाको न्युजर्सीमा बसोबास गदै आएकी छिन ।

सन् २०२१ मा अमेरिकी राष्ट्रपतिबाट लाइभ टाइम एचिभमेन्ट अवार्ड पाएकी कविनाले न्युयोर्क सिटी, न्युजर्सी सिटी, जर्जिया सिटीलगायत विभिन्न संघसंस्थाबाट सम्मान पाइसकेकी छिन । न्युयोर्क नेवा गुठीका अनररी मेम्बर कविना फ्रेण्डस अफ नेपाल न्युजर्सीका कल्चरल एम्बेस्डर पनि हुन । कलाकार कविनाले आफूलाई सम्मान गर्ने स्व देवबहादुर डंगोल स्मृति कोषलाई धन्यवाद ज्ञापन गरेकी छिन ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : ३९ बजे