प्रवासमा नेपाली भाषा साहित्यको विकासमा निरन्तर लाग्दै आएकी गीतकार पदमालिंखा मगरलाई यस वर्षको ‘डायस्पोरा गीतकार सम्मान-२०८०’ प्रदान गरिने भएको छ । गीतकार संघ नेपालले सस्था स्थापनाको १५ औ बाषिर्कोत्सवको अवसरमा गीतकार पदमलाई यो सम्मान दिन लागेको जनाएको छ । ‘विदेशमा नेपाली गीत लेखनमा योगदान पुर्याएबापत अमेरिकाको न्युयोर्क निवासी गीतकार पद्मामा लिंखा मगरलाई रू.१५ हजार नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर डायस्पोरा गीतकार सम्मान गरिने संघले जनाएको छ ।

साहित्यमा गीत, कविता, गजलको माध्यामबाट चर्चा कमाउदै आएकी पदमा लेखनको साथै सामाजिक सेवामा पनि उतिकै सक्रिय महिलाको रुपमा चिनिन्छ । प्रवासमा आफनो नियमित कार्य गरेर बचेका समय लेखनसंगै न्युयोर्कमा लामो समयदेखिन नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पाठशाला मार्फत नेपाली भाषा सिकाउदै आएकी छन । आफुलाई डायस्पोरा गीतकार सम्मान गर्न लागेको जानकारी पाएपछि गीतकार लिंखा मगरले जिम्मेवारी आफनो व्यक्तिगत सामाजिक सञ्जाल मार्फत उनले भनेकी छन्, ‘गीतकार संघ नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै यस पुरस्कारको साथमा मलाई थप जिम्मेवारी सुम्पिएको महसुस गरेकी छु र हजुरहरूको विश्वास र जिम्मेवारीलाई वहन गर्न आशिर्वाद मिलिरहोस् ।’ गीतकार पदमाको गीति एल्बमहरू ‘नजर’ -२०७०), ‘नजर-२’ -२०७२), ‘नजर-३’ २०८०, गीत संग्रह ‘इन्द्रेणी ‘ -२०७२) र गजल संग्रह ‘उज्यालोको खोजी’ -२०७२) सार्वजनिक भइसकेका छन् ।
संघले सस्था स्थापना दिवसको अवसरमा पदमासंगै गीत संगीत क्षेत्रका अन्य सर्जकहरुमा गीतकार डा. भोला रिजाललाई ताम्रपत्र नगद रु.१ लाख ५१ हजार को ‘अमर-भावना स्रस्टा सम्मान-२०८०’ र विष्णु मन्सरा घलेलाई मातृभाषा गीतकार सम्मान-२०८० बाट र मैथिली भाषाका गीतकार अशोक दत्त सम्मानित हुने भएका छन् । श्रष्टाहरूलाई आगामी जेठ १४ गते काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा आयोजना हुने कार्यक्रममा सम्मान गरिने संघले जनाएको छ ।