१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

रास्वपाले संसदमा माफी माग्यो




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठले टेलिफोनमार्फत रकम मागेको प्रकरणमा माफी मागेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सञ्चारमाध्यमबाट सार्वजनिक भएको टेलिफोन संवादलाई रास्वपाले गम्भीर रुपमा लिएको जानकारी गराएका छन् ।
‘सभामुखमार्फत माननीय प्रतिनिधिसभा सदस्यका कारणले तपाईंहरुमा परेको चोटप्रति माफी चाहन्छौं,’ सोमबारको बैठकमा सचेतक परियारले भने, ‘यो सम्मानीत संसदको गरिमा बनाउने रास्वपाको यो अभियानमा हामी अक्षुण रहनेछौं र यो घटनाले हामीलाई कतिपनि विचलित गराउँदैन भन्नेमा हामी विश्वास दिलाउँछौं।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको अडिओ सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको छ। सो प्रकरणमा छानबिन गर्नका लागि बनेको समितिले ३ दिनभित्र सत्यतथ्य ब्रिफ्रिङ गर्ने पनि उनले सदनलाई जानकारी दिए।

‘यो छानबिन नसकिने बेलासम्म सांसद तथा पार्टीका साधारण सदस्यका हैसियतले समेत कुनैपनि काम कारबाही नगराउन समेत निर्देशन दिएको छ,’ परियारले भने ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ५ : ०६ बजे