नर्वेजियन आरोही क्रिस्टिन ह्यारिला र नेपाली गाइड नेन्जिन शेर्पा (लामा) ले ९२ दिनमा विश्वका अग्ला १४ वटा आठ हजार माथिका हिमालहरुको आरोहण गरेर विश्व कीर्तिमान राखेका छन् । यसअघि यो कीर्तिमान नेपाली मूलका बेलायती आरोही निर्मल पुर्जाको नाममा थियो । पुर्जाले २०७६ मा ७ महिनामा ती १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राखेका थिए ।
नेपाली गाइड तेन्जिन र नर्वेजियन आरोही क्रिष्टनले बिहीबार बिहान ७ बजेर ४५ मिनेट जाँदा पाकिस्तानको केटु हिमाल सफलतापूर्वक आरोहण गरेर उक्त कीर्तिमान राखेका हुन् । ववसाइटले अटुट दृढ संकल्प, सामूहिक प्रयास र लगातारको मिहिनेतले यो ऐतिहासिक सफलता मिलेको उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ३७ वर्षीया ह्यारिला नर्वेको सबैभन्दा उत्तरी भागको ब्यारेन्ट्स सागरमा अवस्थित भाडसोकी बासिन्दा हुन् । सन् २०१५ मा जब उनको फर्निचर चेनको टोलीसँगै तान्जानियाको किलिमञ्जारोको यात्रा गरिन्, त्यसपछि उनमा हिमआरोहणको नशा चढ्यो ।
यता नेपाली गाइड लामा १६ वर्षदेखि नै हिमालको यात्रामा निस्किएका थिए । अब उनी क्रिस्टिनको विश्वकीर्तिमानी यात्राको एक सहयोद्धा पनि बनेका छन्।
आरोहण टिमले पनि लामाको दुर्लभ विशेषता, हिमाल र अग्ला पहाडसँगको गहिरो सम्बन्ध तथा जोखिमयुक्त क्षेत्रलाई बुझेर कठोर मौसमको पनि सामना गर्ने क्षमताकै कारण यो विश्वकीर्तिमान सम्भव भएको जनाएको छ।
आठ हजार मिटर भन्दा अग्ला १४ हिमाल आरोहण गर्नु आरोहीहरुको लागि महत्वपूर्ण मानिन्छ । थारै मात्र आरोहीहरुले १४ वटा हिमालको आरोहण गरेका छन् भने महिलाको संख्या झनै थोरै रहेको छ ।
यस्तोमा ह्यारिलले १४ वटै हिमाल तीन महिना एक दिनमा आरोहण गरेर ऐतिहासिक कीर्तिमान राखेकी छन् ।
विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ हिमालहरु:
सगरमाथा – ८८४८.86 मिटर / २९०२८फिट
केटु – ८६११मिटर/२८२५० फिट
कञ्चनजङ्घा – ८५८६ मि/ २८१६९ फिट
ल्होत्से – ८५१६ मिटर / २७९४० फिट
मकालु – ८४६३ मिटर / २७७६६ फिट
चो ओयु – ८२०१ मिटर / २६९०६ फिट
धौलागिरी – ८१६७ मिटर / २६७९५ फिट
मनास्लु – ८१६३ मिटर / २६७८१ फिट
नङ्गा पर्वत – ८१२५ मिटर / २६६६० फिट
अन्नपूर्ण पहिलो – ८०९१ मिटर/२६५४५फिट
गसेर्ब्रुम पहिलो – ८०६८ मिटर/२६४६९ फिट
फराकिलो शिखर – ८०४७ मिटर / २६४०० फिट
गसेर्ब्रुम दोस्रो – ८०३५ मिटर/२६३६२ फिट
शिशापाङ्मा – ८०१२ मी / २६२८५ फिट